६७ औं मदन भण्डारी जन्मजयन्तीमा खर्वाङमा वृक्षारोपण !

कमल पौडेल, बडीगाड, बागलुङ २०७६ असार १४ । ६७ औं मदन भण्डारीको जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) खर्वाङको आयोजनामा खर्वाङको कालिरह क्षेत्रमा वृक्षारोपण गरिएको छ। सो कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य प्रदिप खरेलले जननेता मदन भण्डारीको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु विना थापा, ढालेन्द्र शेरचन, गाउँकमिटि सदस्य विष्णु केसी, कृष्ण प्रसाद खरेल लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सो अवसरमा पिपल, कुटमेरा, खन्यू, इपिलिपिल लगाएतका ५० विरुवा रोपण गरिएको थियो। कार्यक्रम वडा संगठन कमिटि अध्यक्ष खगिश्वर अर्याल (विष्णु) को अध्यक्षता, सचिव फारम थापाको स्वागत मन्तव्य तथा महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *