माओवादी केन्द्रको चुनाव लक्षित भेला उप्रेतीको संयोजकत्वमा नगर समिति गठन !

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत १८ । नेकपा माओवादी केन्द्र गल्कोट नगरपालिकाको विशेष बैठकले आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै तिलक उप्रेतीको संयोजकत्वमा गल्कोट नगरपालिका स्तरिय १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ।

जस अन्तरगत वडा नं १ मा खडक बहादुर भण्डारी, वडा नं २ मा मनोज पुन, वडा नं ३ मा सरस्वती कार्की, वडा नं ४ मा चुडामणि शर्मा, वडा नं ५ मा ललित श्रीस, वडा नं ६ मा नर बहादुर खत्री, वडा नं ७ मा छुम बहादुर थापा, वडा नं ८ मा डम्मर सलामी, वडा नं ९ मा छम राना, वडा नं १० मा विष्णु काउचा र वडा नं ११ मा झवि चालिसे रहेका छन् ।

बैठकले विभिन्न जनवर्गीय संगठनको संयोजकको जिम्मेवार समेत बाँडफाँड गरेको छ । महिलाको संयोजकमा मिना परियार, विद्यार्थीको संयोजकत्वमा जीवनकली खत्री, जनजाति संयोजकत्वमा गंगा भुजेल, दलितको संयोजकत्वमा डिल बहादुर परियार, किसानको संयोजकत्वमा ललित श्रीस, मजदुर संयोजकमा खिम साहानी, उद्योगको संयोजकत्वमा राज बहादुर थापा, शिक्षकको संयोजकत्वमा चुडामणि शर्मा, यातायातको संयोजकत्वमा विष्णु काउचा, सांस्कृतिक संयोजकत्वमा विष्णु खत्री, भूपू सैनिक संयोजकमा छुम बहादुर थापा, आर्थिक संयोजकमा मिना परियार, विदेश विभाग संयोजकमा नर बहादुर खत्री रहेको माओवादी केन्द्रले जनाएको छ ।

बैठक नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीको अध्यक्षता र सचिव खिम साहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.