बागलुङ, बलेवा २०७३ चैत १८ । बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानमा नेपाली काँग्रेसको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्द महासमिति सदस्य एवं युवा नेता किरणराज पौडेलले नेपाली काँग्रेसले हरेक वर्ग र समदायको हितमा काम गर्दै आएकोले आगामी स्थानिय निकायको निर्वाचनमा सबै क्षेत्रमा अग्रता ल्याउने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री समेत रहेका पौडेलले आगामी बैशाख ३१ गते हुन गै रहेको स्थानिय निकायको निर्वाचनमा नेपाली काँग्रेसलाई देशकै सबै भन्दा ठुलो पाटी बनाउन आम कार्यकर्तालाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति महेन्द्र आचार्य, महाधिवेशन प्रतिनिधि अम्मर बहादुर कार्की, कोपिला बोहोरा, महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तल शर्मा, लगायतले मन्तव्य दिएका थिए । भेलामा नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा पार्टी त्याग गरी ३५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेस नारायणस्थानका सभापति चक्रबहादुर खत्रीको अध्यक्षता कमल कुमार जि.सी.को स्वागत र नारायणप्रसाद श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी बागलुङको छिस्तीका राष्ट्रिय जनमोर्चाका युवा नेता मिन बहादुर श्रीष विहिबार नै नेपाली काँग्रेस बागलुङको पाटी कार्यालयमा आई काँग्रेसको सदस्यता लिएको पार्टीले जनाएको छ । सदस्यता प्रदान गर्दै नेपाल तरुण दल बागलुङका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबुले युवाहरुको पक्षमा काग्रेसले संधै अग्रणी भुमिका निर्वाह गर्ने हुँदा उनिहरुको पार्टिले पनी सधै सबैले सम्मान गर्ने बताए ।