राप्रपाले चौध अन्चल ईन्चार्ज तोक्यो, धौलागिरी इन्चार्जमा गौचन !

बागलुङ २०७३ चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धौलागिरीको लागि केन्द्रिय सदस्य भीमप्रसाद गौचनलाई ईन्चार्ज तोकेको छ । पार्टी अध्यक्ष एवं स्थानिय तह निर्वाचन केन्द्रीय परिचालन समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको वैठकले स्थानिय तहको निर्वाचनको सञ्चालन व्यवस्थापन, परिचालन एवं अनुगमन गर्न १४ अञ्चलमा १४ जना इन्चार्ज तोकेको हो ।

निर्णय अनुसार मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, बाग्मती, गण्डकी, लुम्विनी, राप्ती, भेरी, कर्णाली, सेती र महाकालीमा क्रमश महामन्त्री राजेन्द्र लिङ्गदेन, महामन्त्री – सुनिल बहादुर थापा, उपाध्यक्ष रामचन्द्र राय र के.स.राजेन्द्र गुरुङ्ग, आङछिरिङ्ग शेर्पा, उपाध्यक्ष राजिव पराजुली, बुद्विमान तामाङ, सहमहामन्त्री हेमजङ्ग गुरुङ्ग, महामन्त्री धुव्र बहादुर प्रधान, सहायक महामन्त्री मनोज प्रधान, के.स. प्रेम बहादुर भण्डारी, के.स. धनबहादुर बुढा, सह महामन्त्री चन्द्र बहादुर गुरुङ्ग र महामन्त्री जयन्त चन्द इन्चार्ज तोकिएका छन् ।

बैठकले बैशाख १४ गते देखी १४ गते भित्र चौधै अन्लमहरुमा आमसभागर्ने निर्णय समेत गरेको छ ।

यसैवीच बागलुङमा आयोजित पार्टी सदस्यता वितरण कार्यक्रममा बोल्दै केस तथा धौलागिरी इन्चार्ज भीमप्रसाद गौचनले नेपालको राष्ट्रियता संकटमा परेको बताएका छन् । उनले त्यसको निकास राप्रपाबाट मात्रै सम्भव भएको दावी समेत गरे । कार्यक्रमा ३६ जनालाई सदस्यता वितरण गरिएको राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.