काठेखोला गाउंपालिका- ६ बिहुका ३५ जना बेरोजगारलाई रोजगार !

कोपिला कंडेल, बिहुँ, बागलुङ २०७६ असार १२ । काठेखोला गाउंपालिका ६ बिहुंमा ३५ जनालाई रोजगार प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यही असार महिनाको अन्त्य सम्मका लागि पुरुष र महिला गरी ३५ जनालाई रोजगार प्रदान गरिएको काठेखोला गाउंपालिकाका ६ का वडाध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।

रोजगारको लागि वडाले दरखास्त आब्हान गरेको थियो । बेरोजगारले वडामा दिएको निवेदनका आधारमा न्युन आय भएका १६ देखी ४९ बर्ष भित्रका ३५ जना छनोट गरी रोजगार प्रदान गरिएको वडाध्यक्ष कंडेलले बताए । रोजगार कार्यक्रम अन्र्तगत उनिहरुले बिहु ६ सुल्डाडा देखी हटिया सम्म गोरेटो बाटो मर्मत तथा सुधार गर्ने नाली खन्ने लगायतका कार्य गर्नेछन् । वडाध्यक्ष कंडेलका अनुसार रोजगारमा खटाईएका सबैलाई दैनिक ज्याला ८ सय ५० रुपयाका दरले प्रदान गरिने छ । वडामा निबेदन परेको आधारमा छनोट भएका सबैलाई बिहिबार एक कार्यक्रमका बिच वडाध्यक्ष युक्त प्रसाद कंडेल र स्वरोजगार कार्यक्रम संयोजक बिष्णु देबी गैरेले ड्रेस र सामग्री हस्तान्त्रण गरेका थिए । कार्यक्रमको शुभारम्भ वडा अध्यक्ष युक्त प्रसाद कंडेलले नाली खनेर गरेका थिए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक बिष्णु देबी गैरेले कार्यक्रम बारे जानकारी दिएकी थिईन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नम्बर ६ मा २ लाख ७० हजारको योजना रहेको गैरेले बताएकी थिईन ।

कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष कंडेलको अध्यक्षता वडा सदस्य मनोहर कंडेलको स्वागत मन्तब्य र वडा सचिव अमृता पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.