नयाँ पुल अर्मादीमा भेटिएको शवको पहिचान, घटना रहस्यमय, प्रहरीव्दारा अनुसन्धान सुरु !

राम प्रसाद घिमिरे, पर्वत २०७६ असार १२ । पर्वत कुस्मा नगरपालिका नयाँपुल अर्मादीमा भेटिएको मृत युवाको शवको पहिचान भएको छ । मृतक बागलुङ नगरपालिका वडा न १३ पैयुँपाटा बस्ने बर्ष २६ को कृष्ण पौडेलको रहेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मृतक पौडेल जुस कम्पनीमा मार्केटिङको काम गर्थे । असार ०९ गते साँझबाट सम्पर्कबिहीन भएका पौडेलको १० गते दिउँसो करिव ३ बजे पर्वत जिल्लाको नयाँपुल नजिकै कालीगण्डकी नदीको बगरमा कामगर्ने एक युवकले देखेपछि प्रहरीलाई खवर गरेका थिए । सूचना प्राप्त हुँदा साथ घटनास्थलमा पुगेको प्रहरीले शब सनाखतकालागि पर्वत जिल्ला अस्पताल कुस्मामा राखेको थियो ।

उनको मृत्यु स्वाभाविक नभएको स्थानीयको भनाई छ । घटना सम्वन्धमा गहिराईमा गएर अनुसन्धान गर्नुपर्ने माग उठेको छ । निकै नम्र एवं सरल स्वभाबका पौडेलको निधन पछि पौयुँपाटाबासी भावविह्वल बनेका छन् ।

शवको सनाखत भई पोस्टमार्टमको कार्य अगाडी बढाई अनुसन्धान भईरहेको प्रनाउ अर्यालले बताए । पौडेलको मृत्युको कारण खुल्न आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply