सबै खाले बिकृति बिसंगतीको अन्त्य गरी भ्रष्टाचारलाई शुन्य सहनशीलतामा पु-याउन आग्रह !

कोपिला कंडेल, बागलुङ २०७६ असार १२ । सार्वजनिक खर्च तथा बित्तिय उत्तरदायित्व जिल्ला ईकाई बागलुङले सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ईकाइले जिल्लाका सरोकारवाला बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा एक कार्यपत्र प्रस्तुत गदै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सुशासन कायम गर्नका लागि सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए ।

सुशासन सबै क्षेत्रमा आवश्यक छ, प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, सबै खाले बिकृति बिसंगतीको अन्त्य गरी भ्रष्टाचारलाई शुन्य सहनशीलतामा पुर्याउनु पर्दछ । उनंले स्थानिय ऐन कानुनको पालना, आर्थिक पारदर्शिता ,जनता प्रति उत्तरदायी जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख केशवराज ढकालले वित्तिय व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा पेफा सार्वजनिक वित्तिय कार्यक्षेत्र एकिकृत सार्वजनिक वित्तीय ब्यवस्थापन सुधार आयोजना लगायतका बिषयमा जानकारी गराएका थिए । उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सबै सरोकारवालाले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

सार्वजनिक खर्चको पारदर्शीता र विश्वसनीयता, बिकास आयोजनाको प्राथमिकरणका लागि आफ्नो तर्फबाट सक्दो भुमिका निर्वाह गरेको उहनको भनाई थियो । कार्यक्रममा सघंसंस्थाका प्रमुख एबं प्रतिनिधी बिभिन्न बित्तिय संस्थाका प्रमुख पत्रकार लगायतले सहभागिता जनाएका थिए ।

कार्यक्रम कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङ्गका प्रमुख केशवराज ढकालको अध्यक्षता र लेखापाल दयाराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *