बिप्लब माओवादीको नेपाल बन्द : श्रीनगर टोलमा भेट्टियो शंकास्पद बस्तु !

भरत सापकोटा, बागलुङ २०७६ असार १० । बागलुङ नगरपालिका २ श्री नगरटोलमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । बिप्लब माओवादीले आव्हान गरेको नेपाल बन्दको अवसरमा शंकास्पद बस्तु राखेको हुन सक्ने विश्वास गरिएको छ ।

फेला परेको शंकास्पद बस्तुबारे छानविन भैरहेको प्रहरीले जनाएको छ । यस अघीको नेपाल बन्दका अवसरमा पनि बागलुङ शिवधारा चोकमा र बुर्तिवाङ बजारमा शंकास्पद बस्तु भेटिएपनि बम नभएको पुष्टि भएको थियो ।

बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बागलुङ बजार, गल्कोटको हटिया बजार पूर्णत बन्द छ, हरिचौर बजार र खर्वाङ बजार आंशिक बन्द छ भने बुर्तिवाङ बजार बन्द छ । जिल्लाका अधिकांश शिक्षण संस्थाहरु खुलेका छैनन् । ग्रामिण भेगमा फाटफुट सवारी साधन चलेको भएपनि लामो दुरीका सवारी साधन ठप्प छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *