बडीगाडमा खोजपत्रकारीता तालिम सम्पन्न : जे देख्यो त्यहि लेख्न पत्रकारलाई अध्यक्ष पाईजाको आग्रह !

कमल पौडेल, बडीगाड, बागलुङ २०७६ असार १० । नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा बडीगाड गाउँपालिकामा आयोजित खोज पत्रकारीता तालिमको समापन कार्यक्रममा बोल्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले पत्रकारलाई निडर भएर सत्यको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । सो अवसरमा अध्यक्ष पाइजाले जे देख्यो त्यहि लेख्न पत्रकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा प्रशिक्षक खोज पत्रकारीता केन्द्रका सम्पादक शिव गाउँलेले सुसुचित समाजमा आलोचनात्मक चेत हुनुपर्ने बताएका थिए ।

सो समापन कार्यक्रममा सहभागीको तर्फवाट नागरिक दैनिकका संगम घर्ती, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, रेडियो परिवर्तनका प्रवन्ध निर्देशक लोकेन्द्र निरासी, रेडियो सुभेच्छाका स्टेशन म्यानेजर सन्ध्या आचार्य लगाएतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

समापन कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसको अध्यक्षता, सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो । बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा जिल्लामा क्रियाशील ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको खोज पत्रकारीता केन्द्रका सम्पादक शिव गाउँलेले सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.