पानीको हाहाकार भोगेको धुर्कोटमा अहिले घर–घरमा धारा !

प्रेम सुनार, गुल्मी २०७६ असार ८ । गुल्मी जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले धुर्कोटमा जस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्दथे । अहिले त्यसै धुर्कोटमा एक हजार भन्दा बढि घरधुरीमा घर–घरमा पानीको धारा पुगेको छ ।

‘स्थानिय तहको निर्वाचन सम्म हामीले चार घण्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौं, –धुर्कोट गाउँपालिका वडा नम्वर–६, की वडा सदस्य मधु दर्जिले भनिन–‘ अहिले त धेरैको घर घरमा पानीको धार आईआई सकेको छ, केहिको आउन बाँकी छ । ’

धुर्कोट गाउँपालिका पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना ( वास ं) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस वडामा धुर खानेपानी योजना अन्तर्गत ५५ घरधुरी , धुर्कोटरजस्थल खानेपानी योजनाबाट करिव २ सय ५० घरधुरी , कमेरपानी खानेपानी योजनाबाट २३ घरमा घर घरमा खानेपानी धारा पुगेको छ , लाँहटा खानेपानी योजनाबाट करिव ३० घरधुरीको घर–घरमा धारा पुगेको छ ।

सोही वडा संग जोडिएको वडा नम्वर–४ जैसीथोकमा पनि खानेपानीको उतिकै समस्या थियो । एक डेढ घण्टा उकाली ओराली गरेर एक गाग्रो पानी ल्याउने त्यहाँका वासीन्दा मध्ये अहिले करिव ३ सय घरधुरीमा घर घरमा पानीको धारा पुगेको छ ।

त्यहाँकी वासीन्दा तथा धुर्कोट गाउँपालिका कार्य समिति सदस्य विमला घिमिरेले जैसीथोकका महिलाहरुले भोग्नु परेको खानेपानी समस्या पहिलोा प्रथामिकतामा पारेर अन्य खानेपानी योजना पनि सम्पन्न हुन चरणमा रहेको बताईन। धुर्कोट गाउँपालिका वडा नम्वर ३ साविकको वडा नम्वर १ , वर्दवासटोलमा १ सय ३३ घरधुरीको घर घरमा धारा पुगेको वास संयोजक बिश्वकर्माले बताए ।

त्यहाँको साविकको वडा ४, ५ , ६ र ७ मा खानेपानीको अत्यन्तै समास्या रहेको वडा सदस्य दिलबहादुर थापाले बताए । त्यहाँ खानेपानीको मुहानको समस्याले गर्दा बिकल्प खोजिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

वडा नम्वर १ नयाँगाउँमा ८ सय ३० घरधुरी मध्ये ३ सय ५० घरधुरीमा घर घरमा धारा पुगेको वडा सदस्य चेतमान कुँवरले बताए । वडा नम्वर ७ वाग्लामा १ सय ४६ घर घरमा धारा पुगेको र अन्य तीन वटा खानेपानी योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए ।वडा नम्वर २ पिपलधारा पनि एक घर एक धाराको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिका प्रमुख पोखरेलले शनिवार आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्याक्रम सभामा पेश गर्दै ११ सय ११ घरधुरीमा स्वच्छ खानेपानी एक घर एक धारा पुराई सकिएको प्रतिवेदन सभामा पेश गरे । दुई बर्ष भित्र धुर्कोटका प्रत्येक घरधुरीमा एक घर एक धारा पुराउने गरि योजना अगाडी सारिएको उपप्रमुख शिवबहादुर केसी – खत्री ) ले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.