बाटाकाचौर स्वास्थ्य चौकीको सामाजिक परिक्षण : गाउँमै प्रयोगशाला सेवाले स्थानिय खुसी !

बागलुङ (बाटाकाचौर)२०७६ असार ८ । बरेङ गाउॅपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल सरकारले प्रदान गरेको निशुल्क स्वास्थ्य सेवा प्रति जानकार हुन आम जनसमुदाय सचेत हुनुपर्ने बताएका छन् । बाटाकाचौर स्वास्थ्य चौकी बरेङ गाउॅपालिका वडा नं ३ को सामाजिक परिक्षण कार्यको आम भेलालाई सम्वोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । उनले जनताले आफना गुनासा, सुझाव, सल्लाह र प्रतिकृया सम्बन्धित निकायमा राख्ने बानीको विकास गर्नु पर्ने अध्यक्ष शर्माले बताए । जनताको स्वास्थ्य प्रति बरेङ गाउॅपालिका संवेदनसिल रहेकोले छिट्टै गाउॅपालिका भित्रका सरकारी स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउण्ड ( एक्स रे) सेवा थप गर्ने, सुत्केरीलाई पोषक तत्व उपलब्ध गराउने उद्येश्यले कुखुरा प्रदान गर्ने गृहकार्य भईरहेको अध्यक्ष शर्माको भनाई छ ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा बाटाकाचौर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा बरेङ गाउॅपालिका वडा नं ३ बाटाकाचौर स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिईन् ।

सो अवसरमा भेलामा उपस्थित बाटाकाचौरबासी समुदायले स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधा प्रति आफुहरुको कुनै गुनासो नरहेको बताएका छन । स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधा बाहेक बाटाकाचौर स्वास्थ्य चौकीले थप सेवा स्वरुप प्रयोगशाला ल्याव उपलब्ध गराएको भन्दै प्रशंसा समेत व्यक्त गरेका छन । उनीहरुले स्वास्थ्य चौकीमा आवश्यकता अनुसार पर्याप्त रुपमा नियमित औषधीको व्यवस्थापन गरिदिन सुझाव दिएका छन । सरकारले विरामीको आवश्यकता अनुरुप औषधिको मात्रा पाउने वातावरण सिर्जना गर्नु पर्ने उनीहरुको भनाई छ । यस क्षेत्र भौगोलिक रुपमा विकट रहेको, सहज यातायातको व्यवस्था नभएको भन्दै गाउॅ टोलहरुमा स्टेचरहरु उपलब्ध गराउन सुझाव दिएका छन ।

त्यस्तै विद्यालयमा प्राथमिक उपचारका सामाग्री उपलब्ध हुॅदै आएको र समय समयमा स्वास्थ्य चौकीबाट प्राप्त गर्दै आएको स्वास्थ्य शिक्षा प्रति प्रशंसा व्यक्त गरेका छन । त्यसको थप प्रभावकारिताको निम्ति शिक्षकलाई तालिमको आवश्यकता रहेको औल्याएका छन । त्यस्तै गर्भवती महिलालाई गाउॅपालिकाले पोषण तत्व अन्तर्गत आयोडिन नुन र अण्डा वितरणको व्यवस्था मिलाईदिन सुझाव दिएका छन । बाटाकाचौर स्वास्थ्य चौकीमा भौतिक रुपमा व्यवस्थापकिय पक्ष उत्कृष्ट रहेको, अन हर्ट संस्थाले थुप्रै उपकरणहरु सहयोग गरेको प्रति खुसी व्यक्त गरेका थिए । स्वास्थ्य चौकीमा औषधी देखि अन्य सेवा सुविधा विगतको तुलनमा राम्रो हुॅदै आएको र अझ समय अनुरुप प्रभावकारी बनाउनु पर्ने स्थानियले बताएका छन ।

स्वास्थ्य चौकी जॉदा स्वास्थ्यकर्मीहरुको व्यवहार राम्रो रहेको, स्वास्थ्य संस्थामा खानेपानी, शौचालय र सरसफाइको ब्यबस्थापन राम्रो रहेको भन्दै प्रशंसा समेत गरिएको थियो । पहिलेको तुलनामा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु स्थानिय सरकारले पर्याप्त उपलब्ध गराएमा अझ प्रभावकारी हुने समेत उनीहरुको भनाई छ ।

आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको बाटाकाचौर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादुर खनाल, बरेङ गाउॅपालिकाका स्वास्थ्य संयोजक पदम बहादुर पुन र बाटाकाचौर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव गोविन्द प्रसाद शर्माले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए।
सो अवसरमा बरेङ गाउॅपालिकाका उपाध्यक्ष डिलमाया पुनले शुभकामना मन्तव्य दिएकी थिईन । सामाजिक परिक्षण कार्यको आम भेलामा बाटाकाचौर स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो ।

आम भेला बरेङ गाउॅपालिका वडा नं ३ बाटाकाचौरका वडा अध्यक्ष एवं बाटाकाचौर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर खनालको अध्यक्षता, उपाध्यक्ष पृथी बहादुर पुनको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.