जैमिनीमा विमा सम्बन्धी आधारभुत तालिम सम्पन्न !

कुस्मीसेरा, २०७६ असार ७ । सिटिजन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड बागलुङले विमा सम्बन्धी आधारभुत तालिम जैमिनी नगरपालिकाको कुश्मिसेरामा सम्पन्न गरेको छ ।

तालिममा सहभागीलाई सिटिजन जीवन सारथी योजना, सिटिजन बाल भविश्य योजना, सिटिजन बार्षिक अग्रिम भुक्तानीका बारेमा जानकारी गराईएको थियो । तालिममा जैमिनी नगरक्षेत्रका ६० जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण सिटिजन लाईफ इन्सुरेन्स कम्पनी बागलुङका शाखा प्रमुख कमला शर्मा र पर्वत शाखाका प्रमुख दिपेन्द्र लम्सालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.