ढोनपा ५ अधिकारीचौरमा क्षयरोगको परीक्षण शिविर सम्पन्न !

बुर्तिवाङ २०७६ असार ७ । ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र अधिकारीचौर स्वास्थ्य चौकीको संयोजनमा शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय ५८ जनाको खकार जाँच गरिएको थियो । जसमा दुई जना महिला र १ जना पुरुष गरी ३ जनामा क्षयरोगको लक्षण देखिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लाका विभिन्न क्षेत्रमा क्षयरोगको प्रकोप बढदै गएको हुँदा स्वास्थ्य कार्यालयले जोखिम भएको क्षेत्रमा खकार परिक्षण शिविर संचालन गरेको हो । त्यसैगरी गलकोट नगरपालिकाको मल्म र बडिगाड गाउँपालिकाको दलिङमा पनि क्षयरोगको खकार परिक्षण शिविर संचालन गरिएको थियो । मल्मको शिविरमा ८३ जनाको जाँच गरिएको थियो । उक्त शिविरमा भने कुनै पनि क्षयरोगी नभटिएको घिमिरेले बताए । त्यस्तै दलिङमा भएका शिविरमा ३ सय ४ जनाको जाँच गरिएको थियो जसमा १ जनामा क्षयरोग भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । क्षयरोगको लक्षण देखिएका विरामीले अब नियमित औषधी सेवन गरे मात्र त्यसको निको हुन्छ । त्यसका लागि स्वास्थ्यकर्मिको निर्गानीमा औषधी खुवाउनु पर्दछ ।

अधिकारीचौरमा मेरी स्टोप्सको सहयोगमा परिवार नियोजनका अस्थाई साधन सम्बन्धी शिविर संचालन गरिएको थियो । शिविरमा ६३ जना महिलालाई ईम्लाण्ट सेवा दिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.