ताराखोलामा संचालित आधारभुत पत्रकारिता उदघोषण र प्राबिधिक तालिम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ असार ७ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गल्कोट एफ एम को आयोजनामा ताराखोलामा सन्चालीत अधारभुत पत्रकारिता, उदघोषण कला र प्राविधिक तालिम आज सम्पन्न भएको छ । असार ३ गते देखि ताराखोला गाउँ पालिकाको वडा न ३ हिल घुस्मेली संचालित तालिम आज सम्पन्न भएको हो ।

तालिमको सहजीकरण नेपाल पत्रकार महासघ बाग्लुङ साखाका अध्यक्ष दिल शिरीष , सचिब राम थापा अविरल ,सामुदायिक रेडियो परिवर्तनका स्टेसन प्रमुख राम सुवेदी, गल्कोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम, पत्रकार पूर्णभद्र निउरे, सरिता खत्री लगायतले गरेका थिए । तालिममा गाउँपालिका भरिका २७ जना सहभागी भएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा प्रशिक्षक हरु घनश्याम गौतम , पूर्णभद्र निउरे सहभागीहरु केशब गैरे र कमसरा सिउतानी मगरले मन्तव्य राखेका थिए । समापन कार्यक्रम सामुदायिक रेडियो गल्कोट एफ एमका उपाध्यक्ष बीरेन्द्र श्रेष्ठको अध्यक्षता र बिज्ञापन संयोजक शर्मिला बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *