तारागाउँमा परम्परागत रुपमा मनाईने असारे मेला यस बर्ष असार २४ देखि ….

पूर्णभद्र निउरे, ताराखोला २०७६ असार ७ । ताराखोलाको प्रशिद्ध परम्परागत रुपमा मनाउदै आएको असारे मेला यस बर्ष आगामी असार २४ देखि मनाइने भएको छ । असारे युवा क्लबको आयोजनामा असार २४ देखि २९ सम्म बिबिध प्रतियोगितात्मक खेलकुद र सास्कृतिक कार्यक्रम सहित यस बर्ष असारे मेला मनाउने तयारी गरिएको असारे युवा क्लबका सचिब कमल घर्तीले ईबागलुङलाई जानकारी दिए ।

भौगोलिक तथा जातीय विविधता , खेलकुद कला र सस्कृतिको संरक्षणमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ मनाइने असारे मेलाको अबसरमा खुला वडा स्तरीय , पुरुष भलिबल खुला महिला भलिबल, खुला धनुषबाण र सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरिएको असारे युवा क्लवले जनाएको छ ।

पुरुष भलिबल प्रतियोगिताको प्रथम हुने ले ८० हजार नगद र व्दितीय हुनेले ५० हजार , महिला भलिबल र धनुष बाण तर्फ प्रथम हुने ले २५ हजार नगद , व्दितीय १५ हजार नगद सामुहिक नृत्यमा प्रथम हुनेले १० हजार र दित्तिय हुने ६ हजार प्राप्त गर्ने क्लबका कोषाध्यक्ष रबिन घर्तिले जानकारी दिए ।

मेलाको तयारीका लागि यतिखेर पत्राचार , पुरस्कार प्रायोजक दाताको खोजी र अन्य ब्यबस्थापकीय तयारी भै रहेको क्लबका अध्यक्ष प्रकाश रोकाले बताए । मेलाको अबसरमा स्थानीय सस्कृती झल्कने झाँकी को प्रदर्शन संगै राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । बिशेष गरि परम्परागत रुपमा जनजातिहरुले मनाउदै आएको असारे मेला पछिल्लो समय ताराखोलाकै साझा पर्वको रुपमा सबै जातजातिहरुले सामुहिक रुपमा मनाउने गरेको स्थानीयको भनाइ छ ।

मेला शुरु हुनु पूर्व प्रत्यक बर्षको तेस्रो अथवा चौथो सोमबार र मंगलबार ताराखोलाका मगरजातिहरुले वडा न ४ तारागाउँमा बिधिवत रुपमा असारे पुजा गर्ने अविवाहित तन्नेरीहरुले लिङ्गे पिङ थाप्ने र अविवाहित युवतीहरुले खाजा लिएर जाने प्रचलन रहेको मगर भैली टोलिका संयोजक झक बहादुर घर्तीले बताए । पुजा आजा पछि २ दिन सम्म बाली नालो नष्ट नहोस भनेर खेत बारीमा काम गर्न नहुने ९ जसलाइ कनट बस्ने पनि भनिन्छ० हुनाले पmुर्सदको समयमा सबै मिलेर रमाइलो गर्न असारे मेला को सुरुआत भएको उनको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *