पूर्व विद्यार्थी कडेंलको सहयोगमा बिपन्न र गरिब बिद्यार्थिको लागि स्कुल ड्रेस हस्तान्तरण

भरत सापकोटा, बागलुङ २०७६ असार ६ । काँठेखोला गाउँपालिका वडा ५मा अवस्थित अमर माध्यमिक बिद्यालयमा रहेका १६ जना बिपन्न र गरिब बिद्यार्थीलाई एक समारोह आयोजना गरि स्कुल ड्रेस बितरण गरिएको छ । साे विद्यालयका पुर्व विद्यार्थी हिमलाल कँडेल (नारायण ) ले ती बिद्यीर्थीहरुको नाजुक अवस्था देखेपछि रु ५०,०८२,पठाएका थिए ।

काठेखाेला गाउँपालिका वडा नं ६ बिहुँकोट हटियामा बुबा मुक्तिराम कँडेल र अामा सुर्यकुमारी कँडेलकाे कोखबाट जन्मिएका उनले ती बिद्यार्थीहरु स्कुल ड्रेस सगै नयाँ ड्रेसमा सजिने ती बिद्यार्थीको सपना पुरा गर्ने योजना पुरा गर्न त्यो सहयोग उपलब्ध गराएको जापानबाट टेलिफोनमा जानकारी दिए । कडेंलले भने, हिजो बिद्यार्थि जिवन आफुले पनि त्यस्ता किसिमको समस्याहरु भोग्दै र ति जीवनका यात्राहरुका रहरहरु मनमा नै कुन्ठित गर्नु परेको सम्झदै उनले बिद्यालयले जानकारी गराए लगत्तै मनै देखि उनिहरुलाई ड्रेस फेराउन लागेको प्रतिकृया दिए।

यस विद्यालयवाट वि.सं. २०६० सालमा एस.एल.सी. २०६३ सालमा कक्षा १२ उत्रिण हुनुभएका कँडेल हाल वैदेशिक राेजगारिकाे सिलसिलामा परदेशमा छन् ।
साे रकमवाट विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका १६ जना विद्यार्थीहरूलाइ विद्यालयले निर्देशित गरेकाे ३ सेट (निलाे पाेसाक, सेताे पाेसाक र ट्याकसेट) पाेशाक वितरण गरिएको छ । निज कँडेलकाे अंकल दधिराम कँडेलकाे उपस्थितिमा प्र अ भिष्म कडेंल बिद्यालय ब्यबस्थापन का सदस्य नन्दलाल वि क पुर्व बि बि यस हिरालाल सापकोटा लगाएत को उपस्थिति थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.