बैंगलोरमा देखेका केही आर्थिक पक्ष

– भानु रोशन राजभण्डारी

गत महिना छिमेकी राष्ट्र भारतको बैंगलोर शहरमा करिव पन्द्र दिन भ्रमण गर्ने अवसर मिल्यो । नेपाल बायुसेवा निगमको नियमित उडानबाट जान सकिने गन्तब्य करिव तीन घण्टाको उडानमा बैंगलोर पुगिने रहेछ । पछिल्लो समय आर्थिक विकासमा निकै अगाडी बढेको भारत तथा त्यसको एक महत्वपूर्ण शहर जसलाई आईटी सिटीको रुपमा परिचित छ त्यसको केही आर्थिक पक्षको गतिविधि अनुभव गर्ने मौका मिल्यो ।

सिम लिन महाभारत

सञ्चारको लागी सामान्य भईसकेको एउटा सिम लिन पनि बैंगलोरमा महाभारत भयो । राहदानी भएर पनि लिन सकिएन । त्यहिंको आधार कार्ड भएकोले मात्र पाउने रे । कसो कसो एकजना आफन्तीको आधार कार्ड मार्फत जिओ कम्पनिको सिम लिईयो । अव त सजिलो भईहाल्यो नि भनेको के पो हुन्थ्यो π मैले काठमाण्डुबाट खरिद गरेर लगेको नया“ मोवाइल सेटमा त्यो सिम चलेन । सिम चल्न मोवाइल सेट पनि भारतमै किनेको हुनुपर्ने रहेछ । कति बलियो सुरक्षा संयन्त्र । भब्य पसलको कर्मचारीले झर्को लाग्ने गरी घण्टौ प्रयास गर पछि पनि नचले पनि थप पैसा लिएर एउटा सºटवेयर थप गरे । त्यस पछि अव डाटा र जिपिएस अन भएको अवस्थामा अर्को तर्फबाट आएको कल रिसिभ गर्न सकिने भयो, तर आफैले कल गर्न सकिने अवस्था रहेन ।

नेपालमा भएको सहज वातावरणले यो सिम लिने चक्करमा पाएको हैरानीले धेरै कुरा सोच्न बाध्य बनायो । भारत हाम्रो छिमेकी देश त्यस माथि आइटी हवको रुपमा परिचित बैंगलोर शहरमा एक राहदानी धारी नेपालीलाई एउटा सिम लिन पनि यति गा¥हो । कतिपय देशमा पर्यटकका लागी विमानस्थलमै सिमको ब्यवस्था गरिएको हुन्छ र निश्चित अवधि पछि उक्त सिम स्वत निस्क्रीय हुने सम्वन्धीत दुर सञ्चार कम्पनी मार्फत ब्यवस्था गरिएको हुन्छ । तर त्यहा“ एउटा सिम लिन पनि बैधानिक रुपमा बसोसास गर्न दिइएको सरकारी कागज आधार कार्ड चाहिने ब्यवस्था हेर्दा हाम्रो देशमा नागरिकताको फोटोकपी र एउटा फोटोमा भरमा जहा“ कहि“ जति पनि पाईने सिमको विषयमा सरकारले बेलैमा संवेदनशिल भएर सोच्नै पर्ने बेला आएको छ । हुन त उसको आन्तरिक सुरक्षाको विषयलाई लिएर कडाई गरेको होला तथापि पाएको हैरानी सहजै भुल्न लायकको छैन ।

एइक् मेसिनको प्रयोग

हाम्रो नेपाली संस्कृति सकेसम्म भएभरको नगद पैसा साथमै लिएर हिंड्ने । एटिएम मेसिनबाट पैसा लिनु परे पनि ठूलै अंक निकाल्ने, कार्डबाट भुक्तानी गर्नु परे ठूलै अंकमा मात्र गर्ने तर स– सानो कारोवार सवै नगदबाटै गर्ने । तर बैंगलोर बसाईको क्रममा साना ठूला सवै किसिमका पसलमा पस मेसिन छ । चाहे तपाई दश रुपैयाको साग किन्नुस वा एक के.जी चिकेन सहजै कार्डबाट भुक्तानी गर्न सक्नुहुन्छ । नेपालमा कार्ड त छ तर सेवाको गुणस्तर भरपर्दो छैन । सवै बैकले कार्ड सेवा दिएका छन् । तर गुणस्तरको मात्रा कम छ । कतिपय अवस्थामा एटिएम मेसिन नै नचल्ने, कहिले पैसा खातामा काटिए पनि हाटमा नगद नआउने, कार्डबाट भुृक्तानी गर्ने अवस्थामा कहिले सिस्टम डाउन कहिले के भएर कार्डनै नचल्ने भएर पनि सर्वसाधारण कार्ड प्रति पूर्ण विस्वस्त हुन सकिरहेको अवस्था छैन ।
सरकारले अहिले संचालन गरिरहेको एक ब्यक्ति एक खाता मात्र पर्याप्त छैन । खाता संगै कार्डलाई पनि अनिवार्य गर्ने र कार्डबाट भुक्तानी गर्ने ब्यवस्थालाई भरपर्दोका साथै सवै पसलहरुमा पस मेसिनको सहज उपलब्धतामा क्रमशः ध्यान दिन सके अझै चुष्ट र प्रभावकारी हुने थियो ।
मलको गुणस्तरीय सेवा
बैगलोरलाई बगैचाको शहर भनिन्छ । अव यसलाई मलहरुको शहर भनिदिए पनि फरक नपर्र्ला । करोडौको आवादी भएको बैगलोर शहरमा अनगिन्ती मल तथा सपि¨ कम्प्लेक्सहरु छन् । जुन मलमा गएपनि ग्राहकहरुको लागी राम्रो सुविधा छ । काठमाण्डौमा सवै जसो मलमा ग्राहकको लागी खानेपानीको ब्यवस्था छैन । ग्राहकले शौचालय प्रयोग गर्न पैसा तिर्नु पर्छ । कतिपय शौचालयमा हात धुने पानी छैन, पानी भए सावुन छैन, सावुन भए हाट सुकाउने ड्रायर छैन । चट्ट सरसफाई हुन त कहा“ हो कहा“ । तर बैगलोरका सवै जसो मलमा ग्राहकको लागी राम्रो सरसफाई सहितको निःशुल्क शौचालयको ब्यवस्था छ । साथमा खानेपानीको निःशुल्क सुलभ ब्यवस्था पनि ।
प्रविधिमा निर्भर जिवनशैली
हामी प्रविधिमा विस्तारै अभ्यस्त भएपनि सवैकुरामा निर्भर भइसकेका छैनौ । ठूलो ठाउ“ सवै ठाउ“मा सार्वजनिक यातायातको सुविधा छैन । ट्याक्सी÷अटोको भर पर्नै पर्ने हुन्छ । जसको लागी अनलाइन बुकि¨ गर्नु पर्ने हुन्छ । बुकि¨ गरेपनि भरपर्दो नहु“दो रहेछ, बुकि¨ रद्द पनि हुन सक्ने भएकोले ढुक्क हुन नसकिने रहेछ । बस, रेल, होटल जेको पनि अनलाइन बुकि¨ । बाटोमा फेला पर्ने अटो भने काठमाण्डौको ट्याक्सी जस्तो पाए सम्म पैसा लिन खोज्ने । नया“ ग्राहक जस्तो देख्यो भने पाए सम्म ठग्न खोज्ने ।

बैगलोर शहरलाई आइटी हव भनिन्छ । संसारभरका प्रख्यात सुचना प्रविधिका कम्पनीका कार्यालय यहा“ छन् । युरोप अमेरिकामा भन्दा सस्तोमा दक्ष प्राविधिक तथा श्रमिक पाईने भएकोले बहुराष्ट्रिय कम्पनीहरुले यहा“ लगानी गरेको भन्ने बुझिनमा आयो । यो हालका भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले गुजरातमा मुख्य मन्त्री हु“दा अपनाएको लगानीको निती जस्तै रहेछ । बैदेशिक लगानीमा लचिलो भएकोले नै बैगलोर आईटी हवमा रुपान्तरीत भएको हो ।

भारत र नेपालको सामाजिक जिवन, आर्थिक अवस्था उस्तै उस्तै हो । दुवै तर्फ गरिवीको संख्या उल्लेख्य छ । बैदेशिक लागानीे भित्राएको तथा आन्तरिक स्रोत साधनको भरपुर उपयोग गरेको हुनाले आजको अवस्थामा भारत आएको हो । मेत्रो रेल देखि अन्य कुराको प्रविधिमा उसले पनि फान्स लगाएतका देशको प्राविधिक सहयोग लिएको छ । समयानुकुल आफुलाई रुपान्तरण गर्न सके हाम्रो देश समुन्नत बन्नेमा शंका छैन । भएको प्रविधिलाई प्रभावकारी बनाउन सक्नु छ । नेपाल र भारत दुवै दक्षिण एशियाली देशका साथै सार्कको सदस्य राष्ट्र भएपनि भारतीयलाई नेपालमा जस्तो सजिलो नेपालीलाई भारतमा छैन ।
लेखक अधिवक्ता हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.