Sorry, that menu does not exist.
 

हरेक समाजलाई हिंसाबाट टाढा राख्नका लागि सबैको उत्तिकै दायित्व रहन्छ – श्रीस

बागलुङ, २०७३ चैत १७ । रोम विधान अनुमोदन गर हिसां र दण्डहीनताको अन्त्य गर भन्ने मुल नाराका साथ मानव अधिकार तथा शान्ति समाज बागलुङले सद्भाव प्रवद्र्धन हिंसा र घृणाको खारेजी तथा दण्डहीनताको अन्त्यको माग गदै विहिबार बागलुङ बजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभातफेरी पश्चात आयोजित कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गिता श्रीषले समाजमा हुने हरेक हिंसा र घृणाको अन्यका लागि शान्ति समाजले हरेक वर्गलाई खबरदारी गरेको बताईन् । उनले हरेक समाजलाई हिंसाबाट टाढा राख्नका लागि सबैको उत्तिकै दायित्व रहेको समेत उल्लेख गरिन ।

कार्यक्रममा उच्च अदालत बार एसोयिसयन बागलुङका अध्यक्ष केशवराज पराजुली अधिबक्ता राम शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, महिला अधिकारकर्मी शकुन्तला शर्मा, मानवअधिकार संगठनका जिल्ला कोषाध्यक्ष अमर बहादुर कार्की लगायतले मन्तव्य दिएका थिए ।

बागलुङ बजारका विभिन्न चोकमा पुगी लोकतान्त्रिक चोकमा पुगेर प्रभातफेरीको समापन गरिएको थियो ।
कार्यक्रम मानवअधिकार तथा शान्ति समाज बागलुङका अध्यक्ष भुमिश्वर गौतमको अध्यक्षता सचिव हरिश शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply