साहुको ऋणले धुरी नाघेर प्रदेशिएको हो हजूर !

घरको माया लागेर पो प्रदेशिएको हो हजूर
करेसाबारी बन्धकी राखेर प्रदेशिएको हो हजूर
रहरले होइन प्रदेशिएको मलाई प्रदेशी नभन
साहुको ऋणले धुरी नाघेर प्रदेशिएको हो हजूर !

***
औंशिको अधेरिमा जुनलाई सम्झिए
सुन्सान एकान्तमा उनलाई सम्झिए !
शुखमा साथ दिने हजारौँ भेटिन्छन
दु:ख पर्दा लाएकाे गुणलाई सम्झिए !

***

बोल्ने कोहि छैन गाउँमा बोल्ने कोहि छैन,
पाहुना आउदा घरको ढोका खोल्ने कोहि छैन,
जोत्ने कोहि छैन बारि जोत्ने कोहि छैन,
चुलो चौको मझेरि लौ पोत्ने कोहि छैन,
टाल्ने कोहि छैन छानो टाल्ने कोहो छैन,
तुलसिको मोठमा पानी हाल्ने कोहि छैन,
पाल्ने कोहि छैन आमा पाल्ने कोहि छैन ,
साझ परेपछि दियो बाल्ने कोहि छैन ,
लाउने कोहि छैन आलि लाउने कोहि छैन ,
असारमा असारे गित गाउने कोहि छैन,
बुन्ने कोहि छैन दोको बुन्ने कोहि छैन ,
गुहार लाउदा पनि सुन्ने कोहि छैन,
खियाउने कोहि छैन दुङ्गा खियाउने कोहि छैन ,
मर्ने बेला पानी प्याउने कोहि छैन !

झलक काउचा
बागलुङ
हाल, दक्षिण कोरिया ।
२०७६ असार ६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.