बानपा ४ उपल्लाचौरमा गल्कोट २ का १६ वर्षिय युवक झुण्डिएको अवस्थामा मृत फेला !

राम प्रसाद घिमिरे, बागलुङ २०७६ असार ५ । गलकोट नगरपालिका बडा न २ स्थाई घर भई हाल बा न पा ४ उपल्लाचौर स्थित एक ग्रिल कम्पनिमा ज्याला मजदुरी गरि बस्ने बर्ष १६ को बिकास नेपाली (बोहोरा) बा न पा ४ उपल्लाचौर स्थित बिष्णु कडेलको बन्दै गरेको घरको तेस्रो तलाको ढोकाको चौकोसमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गए राति घरवाट निस्किएका नेपाली बिहान सम्म घर नफर्किएपछि खोजि गर्दा उक्त घरमा काम गर्ने कामदारले देखेपछि ठेकेदारलाई खवर गरेका थिए ।

ठेकेदारले प्रहरीलाई खवर गरे लगत्तै आएको प्रहरीले घटनास्थलमा मुचुल्काको लागि मृतकको बाबा आउने लगत्तै तयार गरि थप अनुसन्धान गरिने अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *