काँठेखोला गाउँपालिका वडा ५ को आर्थिक सहयोगमा निशुल्क स्वाथ्य शिविर

भरत सापकेटा, बिहुँ २०७६ असार ५ । बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ मा रहेका ११जना महिला स्वाथ्य स्वयमं सेविका हरुले वडा ५को आर्थिक सहयोग मा महिला संबन्धि निशुल्क स्वाथ्य शिविर बिहुुँ दहपानि मा सम्पन्न गरेका छन् ।

महिलाहरुमा हुने पाँठेघर सम्बन्धि तल्लो पेट दुख्ने बढि रगत बग्ने महिला सेतो पानि बग्ने कम्बर कट्टि दुख्ने आंङ खस्ने जस्ता विभिन्न किसिमको संमस्याहरुको चेक जाच गराउन र संयम आफ्ना श्रीमान हरु संग समेत राख्न नसेको स्वाथ्य संमस्याहरु महिला दिदि बहिनि र महिला स्वाथ्यकर्मि संग राख्ने र महिला हरु भोग्नुपरेका स्वाथ्य समस्याहरु थोरै भएपनि समाधान गराउने उदेश्यले निशुल्क स्वाथ्य शिवर आयोजना गरिएको महिला स्वाथ्य स्वयम सेविका टिका कडेंलले जीनकारी दिईन्।

सो शिविर मा धौलागिरि अंन्चल अस्पताल बाग्लुङ कि मेडिकल अफिसर डाक्टर( महिला बिशेषग्य )शर्मिला ढंकाल र सिनियर अ न मि कान्ता देबि शर्मा बिहुँ स्वाथ्यचौकि का प्रमुख सितेश कर्ण लगातको टोलि ले ९५ जना बिरामि हरुको स्वाथ्य परिक्षण गरिएको मेडिकल अफिसर शर्मिला ढकाल ले बताईन।

उनले भनिन यस क्षेत्र महिला दिदि बहिनिहरु मा महिला संबन्धि स्वाथ्य समस्या मात्र नभएर पायल्स ग्याट्रिक छाति दुख्ने मुटु दुख्ने घुमाउने हातगोडा दुख्ने जस्ता समस्या रहेक कतिपय समस्याहरु लाज को कारण आँफ्नो श्रीमान र परिवार समेत लाई समेत नभनेको भेटियो तर यस्ले महिलाई हरु धेरै समस्या समेत निम्तिएको भेटियो समाज मा स्वाथ्य समस्या सम्बन्धि जनचेता को कमिका कारण उनिहरु ले आफुलाई जटिल प्रकुति का रोगहरु लाग्दा समेत कसैलाई नभनेर उनिहरुले आफ्ना समस्याहरु समेत बढाएको पाईयो यस्लाई जनचेतना स्तर बृद्धि गरेर जानु पर्ने उनले बताईन।उनले महिला हरुलाई पाठेधर ,महिला पानि बग्ने कम्मर कट्टी दुख्ने तल्लो पेट दुख्ने महिला आङ खस्ने जस्ता समस्याहरु रहेको जानकारी दिईन्।

महिलाहरुका हरेक समस्याहरु बुझ्ने उदेश्यले महिला स्वाथ्य स्वयम सेविकाहरु लाई ५दिने तालिम साथै खोप प्रजनन् स्वाथ लगाएत संवयम सेविकाहरु सक्षम बनाउने उदेश्य ले उक्त तालिम संचालन गरिएको काँठेखोला गाउँपालिकाकि महिला संवयमसेविका कि सचिव पार्वती सापकोटा कडेंलले बताईन्।उनले वडा ५ का वडा कार्यलय बाट छुट्टिईएको रु १लाख ५०हजार रुपैयाँ छुटाएको र सो रकम ५ दिने र एकदिने शिविरलाई जनतेन पुगेको र आगमि बर्ष अलिक धेरै बजेट छुट्याउने हो भने तालिम लाई छुट्याएर शिविर लाई दुई या तिन दिनको बनाउने र यस क्षत्र का स्वाथ्य समस्याहरु समेत सुधार ल्याउने समेत उनको भनाई थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.