प्रवास: नेपाल पत्रकार महासंघ कतार शाखाको सचेतना मुलक कार्यक्रम सपन्न !

उद्धव मगर दोहा कतार– २०७६ असार ५ । कतारको डल्लाहा ड्राभीङ्ग स्कुल हलमा पत्रकार महासंघ कतार शाखाले पत्रकारीता तथा लेखन सम्बन्धी प्रशीक्षण संगै नवोदित साहित्य डवली र विविध साँस्कृतिक गरी कार्यक्रम तीन चरणमा सम्पन्न गरेको छ । यस कार्यक्रमका अध्यक्षता पत्रकार महासंग कतार शाखाका अध्यक्ष करीम बक्स मियाँ, प्रमुख अतिथी विपूल पौडेल अतिथीहरुमा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार गणेश बन्जाडे, पुर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार का्रन्ती सिंह, नेपाल बाट आउनु भएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल, आतिथ्य रहेको कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका सचिव दिल श्रेष्ठको सञ्चालन र पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज वि.कको स्वागत मन्तव्यबाट कार्यक्रम विधीवत रुपमा अगाडी बढेको थियो ।

यस कार्यक्रममा विशेष त पत्रकारीता सम्बन्धी प्रशीक्षण भएकोले नेपालबाट आएका प्रशिक्षक विपुल पौडेलको दुई घण्टा लामो प्रशीक्षण र त्यसबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

अन्तमा यस हलमा उपस्थित सम्पुर्णले धैर्यता पूर्वक र अनुशासीत भएर कार्यक्रमलाई सुनेर हेरेर लेखेर शोभा बढाई दिनु हुने सम्पुर्णलाई धन्यवाद दिदै पहिलो शेसनको कार्यक्रम सौहद्रपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष करीम बक्स मियाँले घोषणा गरेका थिए । दोस्रो चरणको कार्यक्रम नवोदीत साहित्यको वाचाना डवली रेहेको थियो भने तेस्रो चरणको कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.