कांग्रेस गुल्मीव्दारा प्रजातान्त्रिक सेनानी खडग बहादुर खत्रीको निधनमा शोक व्यक्त !

मनु सुनार, गुल्मी २०७६ असार ५ । नेपाली कांग्रेस गुल्मीले नेपाली कांग्रेसका संघर्षशील योद्धा तथा नेपाली प्रजातान्त्रिक आन्दोलनका सेनानी खड्ग बहादुर खत्रीको निधन भएकोमा शोक व्यक्त गरेको छ । नेपाली कंग्रेसको जिल्लास्थित पार्टी कार्यालय बिपि स्मृति भवन तम्घासमा शोक सभा कार्यक्रमको आयोजना गरी शोक व्यक्त गरेको हो ।

शोक सभामा नेपाली कंग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले दिवंगत हुनुभएका खत्रीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै महत्वुर्ण योगदान पुर्याएको बताए ।

‘पञ्चायती व्यवस्था विरुद्ध ७ वर्ष कष्टकर जेल जीवन बिताएको चर्चा गर्दै सभापति श्रेष्ठले खत्रीको विगतको जीवन दर्शन स्वर्णिम इतिहास बनेर रहने छ । वर्तमान् र भावि पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताए ।

सभापति श्रेष्ठले दिवंगत खत्रीको बलिदानपुर्ण इतिहासले वर्तमानका सबै उपलब्धिहरु सम्भव भएको उल्लेख गर्दै उनले भने ‘महान शहिद शम्शेर बहादुर खत्रीका सहयोद्धा खड्ग बहादुरको इतिहासकै कारण आज गुल्मी कंग्रेसको शिर उच्च छ ।

शोक सभामा कंग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,सचिव खिलध्वज पन्थी,जिल्ला सदस्य थम्मन के.शी लगायत पार्टीको विभिन्न भातृसङगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखीय सहभागीता रहेको थियो ।

यसैबिच कंग्रेस गुल्मीले दिवगत खड्ग बहादुर खत्रीको निधनप्रति एक शोक बिज्ञप्ती समेत जारी गरेको छ । शोक बिज्ञप्ती मार्फत पार्टीले एक अभिभावकलाई सदाका लागि गुमाउनु पर्दा पार्टी भावविह्वहल भएको जनाएको छ ।

पार्टी सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षित शोक बिज्ञप्तीमा ७ वर्ष कष्टकर जेल जीवन र झण्डै ८ वर्ष भारतको विभिन्न ठाउँमा प्रवाशी जीवन बिताएको उल्लेख गरिएको छ । पार्टीको पूर्व महासमिति सदस्य समेत रहनुभएका खत्रीले देशको प्रजातन्त्र स्थापनाका लागि पुर्याउनुभएको योदानको चर्चा समेत गरिएको छ । स्मरण रहोस खत्रीको निधन यहि जेठ ३१ गते भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *