अधिकारीचौरमा क्षयरोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुर्तिवाङ २०७६ असार ५ । ढोरपाटन नगरपालिका –५ अधिकारीचौरमा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको आयोजना, ढोरपाटन नगरपालिका र अधिकारीचौर स्वास्थ्य चौकीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रममा ३५ जनाको सहभागित रहेको थियो ।

विद्यालयका शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयं सेविका र स्थानिय समाजसेवीहरुको सहभागिता रहेको कार्यक्रममा क्षयरोगका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा क्षयरोगको जोखिम न्युनिकरणका उपायका बारेमा समेत जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले गर्नुभएको थियो ।

अधिकारीचौर क्षेत्रमा क्षयरोगको उच्च जोखिम रहेका कारण यही असार ७ गते क्षयरोगको निःशुल्क खकार परिक्षणको शिविर आयोजना गरिएको घिमिरेले बताए । साथै असार ६ र ७ गते परिवार नियोजन सम्बन्धी अस्थायी साधनको शिविर पनि संचालन गरिने छ । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष लक्ष्मण पून र संचालन ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *