बुर्तिवाङमा ढोरपाटन नगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु !

बुर्तिवाङ २०७६ असार ४ । बुर्तिवाङमा ढोरपाटन नगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि सुरु भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरपालिका अन्र्तगतका विभिन्न निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रतिभा पहिचान अन्र्तगत मध्यमिक तहको डौड प्रतियोगिता सम्पन्न भएको छ । जसमा १० विद्यालयका १० जना विद्यार्थीको सहभागिता रहेको थियो । छात्रा तर्फ न्यु मोर्डन एकेडेमीकी ममता सिर्पाली प्रथम, शिवालय माविका मिना अधिकारी व्दितिय र ज्ञानोदय मावि बोबाङका गीता सुनार तृतिय भएका छन् ।

त्यसैगरी छात्र तर्फ ११ जनाको सहभागिता रहेकोमा न्यु मोर्डन एकेडेमीका प्रतिप घर्ति प्रथम, शिवालय माविका रेमबहादुर छन्त्याल व्दितीय र उत्तरगँगा माविका जनक घर्ति तुतीय भएका छन् । प्रतियोगितामा प्रथम, व्दितीय र तृतिय हुनेले क्रमश तिनहजार, दुईहजार पाँचसय, र दुई हजार नगद सहित प्रमाणपत्र प्रप्त गरेका छन्
त्यसैगरी आज आधारभुत तहको बक्तिव्कला प्रतियोगिता सम्पन्न भएको छ । “आजको युगमा बैज्ञानीक शिक्षाको आवस्यकता” शिर्षकमा १० जनाले सहभागिता जनाएकोमा उत्तरगँगा माविका निश्चल पाण्डे प्रथम, न्य्ु मोर्डन एकेडेमीका निर्मल खनाल व्दितिय, छोरेगाउँ माविका कमल गिरी तिर्तिय भएको छन् ।

त्यसैगरी हाजिरीजवाफ प्रतियोगिता तर्फ न्यु मोर्डन एकेडेमि प्रथम ,जनता आवाशिय बोर्डिङ स्कुल दिर्तिय, भएका छन् । दुबै बोर्डिङले समान अँक ल्याएका कारण गोलाप्रथाद्धारा उक्त नतिजा घोषणा गरीएको थियो । त्यस्तै धिरी आधारभुत विद्यालय तिर्तिय भएको छ । हाजिरीजवाफमा १७ समुहको सहभागिता रहेको थियो ।हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमशः ७ हजार, ६ हजार र ५ हजार रहेको छ । माध्यमिक तह स्तरिय बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने प्रतियोगिले रु। ३ हजार ५ सय, द्धितीय हुनेले रु ३ हजार र तृतिय हुने प्रतियोगिले २ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।

उत्ततरगँगा माविका प्रअ इश्वरी प्रसाद पौडेलको अध्यक्ष्ँता, ढोरपाटन नगरपालिका प्रमसुख प्रशासकियउ अधिकृत धनप्रसाद पोख्रेलको प्रमुखा तिथ्यता, विभिन्न विद्यालयका शिक्ष्ँकह?को आतिथ्तयाचा रहेकोृ कार्यक्रम ढोरपािटन नगरपालिकाका हिरालाल खनालले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै भोलीदेखि राष्ट्रपति रनिङशिल्ड अन्तर्गत भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । जसको प्रथम पुरस्कार रु। १० हजार व्यवस्था गरिएको छ भने द्धितिय पुरस्कार रु। ७ हजार व्यवस्था गरिएको छ । उक्त प्रतियोगितामा नगर स्तरका १० ओटा माध्यमिक विद्यालयका छात्र÷छात्राहरुले भाग लिने नगरपालिकाले जनाएको छ ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.