कवाडी संकलन केन्द्रको निर्माण कार्य बन्दगर्न माग गर्दै गरिएको धर्ना प्रदर्शनमा प्रहरी परिचालन !

मनु सुनार, गुल्मी २०७६ असार ४ । गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन कवाडी संकलन् तथा प्रशोधन केन्द्रको निर्माण कार्य तत्काल बन्द गर्न माग गर्दै वडा नं –९ को वडा कार्यालयमा बुधबार धर्ना तथा तालाबन्दी गरियो ।

बुढीचौर डम्पिक साइट ल्याण्डफिल्ड साइट हटाउन मागगर्दै गणेश बहादुर खत्रीको संयोजकत्वमा गठित संघर्ष समितिले आज धर्ना तथा तालाबन्दी गरेको हो ।

यस अघि कवाडी सङकलन् तथा प्रशोधन केन्द्र निमाणको कार्यलाई तत्काल बन्द गर्न माग गदै जिल्ला प्रशासन कार्यालय,रेसुङ्गा नगरपालिका,वडा कार्यालय लगायतका सम्बन्धीत निकायमा माग पत्र बुझाएको समितिले मागको सुनुवाई नभएको भन्दै आन्दोलनको कार्यक्रम स्वरुप धर्ना तथा तालाबन्दी गरेको संघर्ष समितिका अध्यक्ष गणेश बहादुर खत्रीले जानकारी दिए ।

वडा कार्यालयमा धर्ना तथा तालाबन्दीका क्रममा स्थितिलाई तनावग्रस्त हुन नदिन भन्दै प्रहरी समेत परिचालन गरिएको थियो । आन्दोलनकर्ताहरुले चर्को नारासहित उक्त निमाणाधीन कार्यलाई तत्काल बन्द गर्न माग गरेका थिए भने आन्दोलन कर्ताहरुले आफुहरुको माग सम्बोधन नभएको र आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको आरेप लगाएका थिए । बन्द कर्ताहरुले लगाएको ताला प्रहरीले कडा अवरोधका बिच खोलेको थियो ।

तर रेसुङ्गा नगरपालिकाले भने उक्त कवाडी प्रशोधन केन्द्र कुहिने फोहोरमैला पदार्थ नलगीने केबल प्लास्टिक,सिसा,लगायत अन्य धातुजन्य ठोस पदार्थ मात्र प्रशोधनका लागि लगिने यसबाट कुनै प्रकारको प्रदुषण नहुने बताउँदै आएको छ ।

रेसुङ्गा नगरपालिकाका नगर–प्रमुख डिल्लीराज भुसालले प्लास्टिकजन्य, सिसा,लगायत अन्य धातुजन्य पदार्थ मात्र प्रशोधनका लागि लगिने र यसबाट कुनै प्रकारको समस्या नहुने बताउँदै अवरोध नगर्न आग्रह गरे । तर संघर्ष समितिले भने यसबाट पर्यावरणीय तथा प्रत्यक्ष स्वास्थ्यमा असर पर्ने भन्दै बन्द नगरिए सम्म आन्दोलनलाई जारी राख्ने बताउँदे आएको थियो ।

आन्दोलनले चर्को रुप लिदैँ गएपछि सोही बिषयलाई लिएर आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी सहित रेसङ्गा नगरपालिकाका नगर–प्रमुख, वडाअध्यक्ष, कार्यापालिका सदस्य, सङघर्ष समितिबिच छलफल भएपनि बिना निष्कर्श छलफल टुंगिएको छ ।
विरोध संङर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने बताएको छ भने नगरपालिकाले आधाभन्दा बढी निर्माण कार्य भइसकेकाले कुनै पनि हालतमा निर्माण कार्य रोक्न नसकिने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.