समाजसेवी रुद्रनाथ शर्माको निधनमा सिवाइसीव्दारा श्रदाञ्जली सभा !

सुमन जि.सी, बागलुङ २०७३ चैत १७ । चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य पोषकनाथ सापकोटा तथा संस्थाका शुभचिन्तक मोहनकृष्ण सापकोटा, सालीग्राम सापकोटा, टंककृष्ण सापकोटा, प्रदिप सापकोटा र रामकृष्ण सापकोटाका पुज्यनीय पिता एवम् संस्थाका सदस्य रिताकुमारी सापकोटाका ससुरा र सदस्य ज्योती सापकोटा र गौरब सापकोटाका पुज्यनीय हजुरबुवा बा.न.पा.–३, बागलुङ बजार निवासी समाजसेवी क्रियाशिल व्यक्तित्व स्व. रुद्रनाथ शर्माको ७६ वर्षको उमेरमा मिति २०७३ चैत्र १३ गते भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ५ औँ दिनको पुण्य तिथीको क्रममा स्वर्गिय शर्माको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि रु. १० हजार शर्मा परिवारलाई उपलव्ध गराएको छ ।

सो अवसरमा बोल्दै पौडेलले स्व. शर्मालाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. शर्माले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.