मिडिया काउन्सिल विधेयकका केहि प्रावधान फिर्ता नलिएसम्म आदोलन फिर्ता हुन्न : विष्ट!
प्रेसलाई मर्यादित बनाउन सरकारले पनि चासो देखाउनु स्वभाविकै : प्रदेशमन्त्री किरण गुरुङ

निर्मल पौडेल, पर्वत २०७६ असार १ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री किरण गुरुङले प्रेसमाथी अंकुश लगाउने नभई नियमन गर्ने प्रयासमा सरकार रहेको वताएका छन् । शनिवार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभाको उद्घाटन गर्दै यस्तो वताएका हुन् । गुरुङले पत्रकारितामा देखिएका विकृति विसंगती उन्मुलन गर्नु प्रेस जगतको दायित्व रहेको र प्रेसलाई मर्यादित बनाउन सरकारले पनि चासो देखाउनु स्वभाविकै रहेको बताए ।

पत्रकारहरुले मिडिया काउन्सिल विधेयक ल्याउन लागेको भन्दै आपत्ती जनाएको प्रश्नमा मन्त्री गुरुङले राज्यबाट केहि अपेक्षा लिन चाहने पत्रकारहरुले राज्य प्रतिको दायित्व पनि वहन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयूक्त यशोदा तिमिल्सीनाले प्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताइन् । उनले राज्यमा सूचना लिने र दिने परम्पराको विकास अझै पनि स्वतन्त्र रुपवाट हुन नसकेकोमा जोड दिँदै हरेक नागरिकहरुले सुचनाको हक आँफै खोज्नुपर्ने वताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरु मिडिया काउन्सील विधेयकका केहि प्रावधान फिर्ता नलिएसम्म आँफुहरुको आन्दोलन फिर्ता नहुने वताए । प्रदेश साधारणसभामा मिडियाको सवलीकरण र शुद्धिकरणको बारेमा छलफल भएको छ ।

सोही कार्यक्रममा गत जेठ २८ गते आगालागीबाट क्षती भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो पर्वतलाई ३ लाख १० हजार रुपैयाँ पनि उक्त समारोहमा हस्तान्तरण गरिएको छ । रेडियो पर्वतको प्रसारण चाँडो सञ्चालन गर्न सहयोग गर्ने हेतुले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलको पहलमा पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारी घर भई हाल अमेरिकामा रहेका भीष्म अधिकारीबाट प्राप्त ३ लाख र पोखरा सिडनी सम्पर्क समाजको तर्फबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

रेडियोका संस्थापक अध्यक्ष भोलानाथ शर्मा र स्टेशन म्यानेजर शंकर शर्मालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । रकम वुझ्दै रेडियो पर्वतका संस्थापक अध्यक्ष तथा समाजसेवी भोलानाथ शर्माले सहयोग गर्ने अधिकारी लाई हार्दिक धन्यवाद दिँदै अन्य सहयोगी हरु वाट पनि सहयोगको अपेक्षा गरिएको वताएका थिए।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलको अध्यक्षता र महासचिव गणेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका पत्रकारहरु विभिन्न राजनैतिक दल र विभिन्न दलका प्रतिनिधी ,वुद्धिजिवी, सचेतक नागरिकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.