सिसाखानी माबि भित्र भाँडभैलो : विद्यार्थीलाई पढ्ने वातावरण बनेन,गाउँपालिकाले कति टुलुटुलु हेरिरहने ?

हेम विश्वकर्मा, बडीगाड २०७६ असार १ । विद्यार्थीको पठन पाठन तथा विद्यालयको भौतिक संरचनाहरुको विकास निर्माण भन्दा शिक्षक विद्यालय व्यवस्थान एवं आसेपासे नेताहरुको स्वार्थपूर्तिको अखडाको रुपमा उभ्याईएको बडीगाड-३ सिसाखानीको सिसाखानी माध्यमिक बिद्यालयका प्र.अ होम बहादुर घर्ती माथि बिद्यालयमा आर्थिक हिनामिना गरेको आरोप लगाईको भन्दै दुई शिक्षक संगठनहरुले हालै एक प्रेस बिज्ञप्ती मार्फत त्यस्लाई तत्यहीन बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नेत्र प्रसाद गौतम र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष वेद प्रसाद पोखरेलव्दारा हस्ताक्षरित प्रेस बिज्ञप्ती शनिवार सार्बजनिक गर्दै प्रचलित शिक्षा ऐन नियमावलीले ब्यबस्था गरेको कार्यबिधिलाई मिचेर नियम बिपरीत अबैधानिक बाटो अपनाइ अभिभावक भेला सिर्जना गरी बिद्यालय संचालन भइरहेको अबस्थामा हुल, हुज्जत र घेराबन्दी गरी बिद्यालयको काम कर्तब्यमा खटिरहेका ब्यक्तिको चरित्र हत्या हुने गरी गाली गलौज हातपात तोडफोड र मनोबैज्ञानिक दबाब सिर्जना गरेर जर्बजस्ती राजिनामा दिन लगाउने दुस्साहास गरी अपमानजनक दुब्र्यबहार गरिएको निन्दनीय कार्य प्रति संगठनको गम्भीर ध्यान आर्कषण भएको उल्लेख गरिएको छ ।

यसरी बिद्यालयको कामकाजमा खटिरहेको एउटा स्वाभिमान शिक्षक तथा प्रध्यानाध्यापक माथि प्रमाण पुष्टि नभएको कथित आरोप लगाई बिद्यालयको सम्पुर्ण शैक्षिक गतिबिधि प्रभाबित हुने गरी भइरहेको अबैधानिक गतिबिधिको बारेमा बडीगाड गाउँपालिका र त्यस मातहतको शिक्षा शाखालाई समस्या समाधानका लागि लिखित जानकारी गराउँदा समेत सम्बिन्धित निकायले लामो समय सम्म कुनै किसिमको चासो नदेखाई बसेको देखेकाले बडिगाड गाउँपालिका र त्यस मातहतको शिक्षा शाखाको काम कार्बाही प्रति घोर आपति जनाइएको उल्लेख गरिएको छ ।

विज्ञप्तीको अन्तमा, उल्लेखित समस्याको यथाशीघ्र समाधान गर्न र आम शिक्षक तथा प्रध्यानाध्यापकहरुको मनोबल उच्च राख्न बडीगाड गाउँपालिका लगाएत सरोकारवाला निकायलाई अपिल समेत गरेको छ ।

र योपनि …
राजनैतिक दलका कथित नेताहरुको चक्रव्यूहमा सिसाखानी माध्यमिक विद्यालय !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.