जापानबाट घरमा आएको केहि दिनमै ट्याक्सी दुर्घटनामा मनबहादुर खत्रीको निधन !

दिनेश खत्री, गल्कोट २०७६ जेठ ३२ । गल्कोट नगरपालिका वडा नम्वर ४ को भेँडीखाल्टामा शुक्रबार राीत ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि)को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाइते हुनेमा सवारी धनी तथा चालक हुमबहादुर कुँवर र मृतक खात्रीका भान्जा आयुष कार्की रहेका छन ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराति १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरीक्षक ऋण बहादुर बैदवारले जनाकारी दिए । गल्कोट नगरपालिका हटियाबाट सोही नगरपालिका ४ को नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो । मृतक खत्री केही दिन अघिमात्र जापानबाट घर आएका थिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक खात्री २०६८ सालको कार्तिक देखी २०६९ सालको मसिर सम्म कार्यक्रम सयोजकको रुपमा रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.