रेसुङ्गा नगरपालिकामा दलित नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम !

मनु सुनार, गुल्मी २०७६ जेठ ३२ । गुल्मीको रेसुङ्गा नगरपालिकामा दलित नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम शुक्रबार देखि शुरु भएको छ । तालिमको औपचारीक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गर्दै । नगरभित्र रहेका दलितहरुको विकास र समृद्धिका लागि आफू र नगरपालिकाको तर्फबाट हुन सक्ने सहयोग प्रति आफू सधै प्रतिवद्ध रहेको बताए । उनले अहिले प्रत्येक स्थानीयतहमा दलित जनप्रतिनिधिको सहभागीता रहेकाले आफ्ना समस्याहरु जनप्रतिनिधिको माध्यमबाट आवाज उठाउन आग्रह गर्दैे ‘दलितहरुको हक अधिकारको लागि तपाईहरु यो–या त्यो दल भनेर नलाग्नुहोस ।’ यसका लागि एकताबद्ध भएर लाग्न सुझाव दिए ।

क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम अहिलेको प्रमुख आवश्यकताको बिषय भएकाले तालिमको सही सदुपयोग गर्न सहभागीलाई आग्रह समेत भुसालको थियो । दलितहरुको उद्य्मशिलता तथा सीप विकासका लागि आर्थिककै कारण बिमुख हुनु नपर्ने उनको भनाई थियो ।

जिल्ला समन्वय समितिका सदस्य उजेली विश्वकर्माले उचित ज्ञानको अभावहरु दलितहरु पछि पर्नुपरेको बताउदै उनले शिक्षाको माध्यमबाट समाजमा भोग्नु परेको जातिय विभेदलाई अन्त्यको बाटो तर्फ केन्द्रित गर्नुपर्ने बताए ।

नेपाली कंग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले संवैधानिक रुपमा छुवाछुतको अन्त्य भएपनि व्यवहारीक रुपमा कार्यान्व्यनमा समस्या भएको बताउदै दलित समुदायलाई सम्बोधन गर्ने कतिपय अपहेलित शब्दहरुको प्रयोग कारण पनि उनीहरु सामाजिक रुपमा माथि उठ्न नसकीरहेको बताउनुभयो । यसका लागि राजनितिको मूलधारमा ल्याउन आर्थिक रुपमा सबल बनाउनु अत्यन्तै महत्वपुर्ण रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य धर्म विश्वकर्मा,राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने,वडाअध्यक्ष नारायण सुनार लगायतले बिस्तारै परिवर्तन भईरहेको बतए ।

दलित समुदाय भित्र रहेका विभिन्न कतिपय रहनसहनका बानी व्यवहारहरुलाई पनि सुर्धादै लैजानुपर्नेमा जोड उनको जोड थियो ।
तालिमको प्रशिक्षकमा गणेश बिश्वकर्मा तथा रोम बिश्वकर्मा रहेका छन् । दलित लक्षित कार्यक्रम उपभोक्ता समिति रेसुङ्गा नगरपालिकाका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षता रहेको कार्यक्रमा उपाध्यक्ष लुम बहादुर सुनारको स्वागत मन्तव्य रहेको थियो ।

उदघाटन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका वडा अध्यक्ष,वडासदस्यहरु,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,कार्यापालिका सदस्य लगायतको उल्लेख्य सहभागीता रहेको थियो । तालिममा रेसुङ्गा नगरपालिकाका १४ वटै वडाभित्रबाट निकै उत्साहजनक रुपमा प्रशिक्षार्थीहरु सहभागीता भईरहेका छन् । रेसुङ्गा नगरपालिकाको सहयोगमा सञ्चालन भईरहेको तालिम आज सम्म सञ्चालन हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *