ताराखोलाको प्रारम्भिक पञ्चबर्षिय आबधिक योजना बारे अन्तरक्रिया सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ जेठ ३१ । ताराखोला गाउँपालिकाको पञ्च बर्षिय आबधिक योजना सम्बन्धि प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

विभिन्न बिज्ञहरुको स्थलगत अबलोकन ,तथ्यांक संकलन पछि जियोनेट कनेक्शन प्रा लि पोखरा द्वारा तयार पारिएको ताराखोला गाउँपालिकाको आर्थिक बर्ष ०७६/७७ देखि आ ब ०८/र८१ सम्म को प्रारम्भिक आबधिक योजनाको बारेमा छलफल भएको हो ।

जियोनेट कनेक्सन प्रा लि का परामर्शदाताहरु प्राध्यापक डाक्टर कृष्ण के सी ,खगेन्द्र पौडेल, शेखर अधिकारीले ताराखोला गाउँपालिकाको पञ्चबर्षिय आबधिक योजनाको प्रारम्भिक प्रारुप प्रस्तुत गरेका थिए ।

आबधिक योजनामा समाबेश हुन छुटेका बिषय बस्तु र योजनाका बारेमा सुझाब राखेका थिए ।

कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आबधिक योजनामा सबै क्षेत्रका तत्कालीन तथा दीर्घकालीन योजनाहरु समाबेश हुने हुदा त्यसैलाई आधार मानेर आगामी दिनमा स्थानीय तह बाट बजेट बिनियोजन हुने बताए । उनले आबधिक योजनामा समाबेश भएका स्थानिय तहबाट सम्बोधन हुन नसक्ने योजनालाई प्रदेश तथा संघमा पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि , स्थानीय बुद्धिजिवी , शिक्षक, महिला ,दलित, युवा,जनजाती लगायका संजालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता , पहलमान थापाको संचालन र उपाध्यक्ष दिल कुमारी पुन रोकाको स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *