गण्डकी प्रदेश सरकारको आयोजनाम तीन दिने योग शिविर !

कोपिला कंडेल, बागलुङ २०७६ जेठ ३१ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा बिहिबार देखी बागलुङमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बागलुङ बजार स्थित ब्राउन आईज होटलको सभाहलमा आयोजित शिविरको उद्घाटन जिल्ला समन्वय समिति बागलुङ्गका प्रमुख राजेन्द्र ढुङ्गानाले गरेका थिए ।

उद्घाटन पछि बोल्दै उहांले स्वस्थ्य समाज निर्माणका लागि योग अपरिहार्य भएको बताए । खानपानको लापरबाही र अस्वस्थ्यकर जिवनसैलीले पछिल्लो समय नसर्ने रोग फैलिदै गएको चर्चा गर्दै जिल्ला समन्वय प्रमुख ढुङ्गानाले मानव स्वास्थ्य संग जोडिएको योगको माध्यमबाट स्वस्थ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वस्थ्य भएर जिउनको लागि योग साधना महत्वपुर्ण माध्यम भएको बताए । शारीरिक निष्कृयता र खराब आचारणले मानव स्वास्थ्यमा नकरात्मक असर पार्ने भन्दै नगर प्रमुख पौडेलले स्वस्थ र दिर्घ जीवन जिउनका लागि योग र ध्यानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
शिविरमा उच्च अदालत पोखरा बागलुङ्ग ईजलासका न्यायाधीश हरी प्रसाद पौडेल प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी सुरक्षा निकायका प्रमुख लगायतले सहभागिता जनाएका थिए ।

योगको सहजिकरण बरिष्ठ योग गुरु डा. योगी बिकासानन्दले गरेका थिए । कार्यक्रम सामाजिक बिकास मन्त्रालयका डा. कमलराज अधिकारीको अध्यक्षता, डा. काशि खतिवडाको स्वागत मन्तब्य र नविन किरण भुषालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *