गल्कोट २०७३ चैत १७ । बागलुङ बजारबाट बरेङ गाउपालिका वडा नं. ३ बाटाकाचौरका लागि छुटेको पिकअप जिप आज ददुदिलाभाटी पेरिबाङमा दुर्घटनामा भएको छ । ध १ ज १३४ नं. को पिक अप जिप दिउँसो करिव १२ बजे पेरिबाङको ठाडो बाटोमा चिप्लिएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जिपमा सवार १ जना गम्भिर घाईते भएका छन् भने ५ जना सामान्य घाईते भएको बताइएको छ । घाईते सबैलाई हटिया स्वास्थ्य चौकी गल्कोटमा उपचार गराईएको छ । घाँस काट्दै गरेकी १ स्थानिय महिलाले जिप दुर्घटनामा परेको देखेपछि तत्काल स्थानियले उद्धार गरेका थिए । सख्त घाईते मध्यका १ जना बरेङ गाउपालिका वडा नं. १ धुल्लुबाँस्कोट बरेङ निबासी सेतु मिया रहेका छन् ।