लोभ लालच बाँढेर दीर्घकालीन फाइदा लिने ब्यक्तिबाट सजग रहन आग्रह !
दलितको नाममा रजाँई गर्नेहरुको कमी छैन, दलित स्वयं आत्मनिर्भर एवं क्षमतावान बन्नुहोस -नेता कुँवर

छविलाल पाण्डे, ढोरपाटन २०७६ जेठ २९ । नेपाली काँग्रेस ढोरपाटन नगरपालिका र काठमाडौ जेसिजको सहकार्यमा ढोरपाटन ९ नवीगाउँका अग्नि पीडितलाई सोमबार राहत वितरण गरेकोछ । गत मंसिर ९ गते आगलागिका कारण ४५ घर जलेर पीडित वनेका स्थानीयलाई राहत स्वरुप प्रति परिवार दुई÷दुई थान कम्वल र एक/एक पिस म्याट उपलब्ध गराइएको हो ।

नेपाली काँग्रेस ढोरपाटन नगरपालिका-९ का वडा संयोजक गगन पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ सभापती दोर्णकुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कुवँरले बोल्दै मँसिर ९ गते एकैपटक बस्तिनै सखाप पार्ने गरी भएको आगलागिका कारण करौडौँको भौतिक सम्पती क्षेत्री हुँदा आफनो पार्टी दुखित रहेको बताउँदै पीडितलाई थोरै भएपनी राहत उपलब्ध गराउने उद्देश्य स्वरुप आफुहरु आएको बताए । आफनो पार्टीको तर्फबाट थप राहत उपलब्ध गराउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

फरक प्रसँगमा बोल्दै नेता कुवरले मानिसको जीवनमा धेरै कठिनाइ र चुनौति आइरहने हुँदा हर क्षेत्रको समाधान तर्फ स्वयं लाग्नुपर्ने बताउँदै ईमान, प्रतिस्ठामा कसैले रजाई गर्ने खालको वन्न नहुने बताए ।

दलीत समुदाय कुनै फरक समुदाय नभई सबै जातजाती समान रहेको स्मरण गर्दे आफ्ना अनिवानी व्यवहार परिवर्तन गर्न सकेमात्रै अगाडी बढ्न सकिने बताउँदै लोभ लालच बाँढेर आफनो दीर्घकालीन फाइदा लिने ब्यक्तिबाट सजग रहन समेत स्थानीयलाई आग्रह गरे ।

दलितको नाममा रजाँई गर्नेहरुको कमी छैन् त्यसैले तपाँइहरु आफै आत्मनिर्भर बन्ने र स्वयम् निर्णय लिने क्षमतामा पुग्नुस कुवँरको भनाइ थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं.५ का अध्यक्ष जीवन पुन, वडा नं.७ का अध्यक्ष दिपक थापा, वडा नं.८ का अध्यक्ष नन्दे सुनारले बोल्दै ढोरपाटन नगरपालिकाले स्थानीय आगलागि पीडितलाई ढोरपाटन नगरपालिकाको तर्फदेखि एकलाख रुपैयाँ दिने भनिएपनी पुरा रकम स्थानीयले पाइनसकेको भन्ने गुनासो आएपछि नगरपालिकाले तत्काल उक्त रकम पीडितलाई उपलब्ध गराउन आवश्यक रहेको बताएका थिए ।

जनताले तिरेको कर बापतको रकम जनताकै विकास र दुखमा प्रयोग हुने बताउँदै स्थानीय , प्रदेश र केन्द्र सरकाले वितरण गर्ने रकम जनताकै खुन पसिना वापतको रकम रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्य तारा प्रसाद बुढा, नेपाल तरुणदल जिल्ला सदस्य कल्याण कायत, अग्नि पीडित दिलिप विश्वकर्मा, नयाँ पुस्ता नेपाल ढोरपाटन नगरपालिका संयोजक कुशल विक, लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगर वडा नं.८ सभापती हिमप्रसाद वस्नेतको स्वागत देवेन्द्र विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै सोहि टोलीव्दारा ढोरबराह मन्दिरमा विद्युत सेवा नपुगेका कारण दर्शनार्थीलाई बिहानको समयमा पुजा आर्चना गर्नमा कठिन भएका कारण उज्यालोको लागि सोलार सेट तिनजना वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ । समाजसेवी जगतबहादुर गुरुङ र लायन्स क्लब काठमाडौद्धारा उपलब्ध गराइर्एको दुईसय विस वाटका सोलार प्यानल र दुई थान व्याटी« वडा अध्यक्षहरुको रहोवरमा हस्तान्तरण गरीएको हो ।

सेनाले तत्कालै फाएर लाईन बनाएर आगो जंगलमा फैलिनबाट राेक्याे !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *