बिद्यालयलाई सही व्यवस्थापन गर्नेु नै व्यवस्थापन समितिको पहिलो महत्वपुर्ण कार्य – भुसाल

मनु सुनार, गुल्मी २०७६ जेठ २९ । महेन्द्र नमुना माध्यामिक बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि सक्षमता अभिवृद्धि एवं सहजीकरण तालिम शुरु भएको छ । बिद्यालयको पञ्च वर्षिय योजना (मास्टर प्लान) को आर्थिक वर्ष–०७५÷७६ को कार्यक्रम अन्र्तगत बिद्यालय वयवस्थापन समिति सदस्य तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई सक्षमता अभिवृद्धि तथा सहजीरकण तालिम शुरु गरिएको हो ।

तालिमको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले उद्घाटन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालयलाई सही व्यवस्थापन गर्नेु नै पहिलो महत्वपुर्ण कार्य भएकाले उचित व्यवस्थापन बिना गुणस्तरीय शिक्षा प्रदान समेत हुन नसक्ने बताए । उनले यस्तो तालिमले बिद्यालय व्यवस्थापनमा थप सुदृढ पुयाउन मद्दत पुग्ने भएकाले तालिम अत्यन्तै महत्वपुर्ण भएको उनको भनाई थियो ।

यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले तालिमबाट प्राप्त ज्ञानले बिद्यालयको व्यवस्थापन थप चुस्त पार्ने बल पुग्ने बताए । बिद्यालयले आ.व०७५÷७६ देखि पञ्चवर्षिय योजना शुरु भएको छ ।

पञ्चवर्षिय योजना अन्र्तगत बिद्यालयको भौतिक,शैक्षिक तथा व्यवस्थापकिय कार्य हुने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले बताए ।

शिक्षा विभागबाट नगरपालिका मार्फत प्राप्त अनुदानमार्फत पञ्चवर्षिय योजना अन्र्तगत सभाहलको पहिलो तला निर्माण कार्य शुरु भएको बिद्यालयका प्रार्चाय केशर बहादुर थापाले जानकारी दिए भने गत वर्षको अनुदान तथा भारतीय दुतावासको सहयोगमा अहिले बिद्यालयमा २ वटा स्कुल बस यातयातको व्यवस्था समेत गरिएको बताए ।

पञ्चवर्षिय योजना अन्र्तगतका कार्यहरु आ.व ०७९÷८० मा सम्पन्न हुने बिद्यालयले जनाएको छ । तालिममा बिद्यालय व्यवस्थापन समतिकिा अध्यक्ष चुडामणि पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा, रेसुङ्गा नगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद पाण्डेय,जनप्रतिनिधि तथा रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समिति संयोजक थम्मन के.सी लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयका प्रार्चाय केशर बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन माध्यामिकतह इन्र्चाज कृष्ण मरासीनीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *