गुल्मेली कवि भेष बहादुर कुवँर प्रयासीको सम्झनामा काव्यात्मक शब्दश्रद्धाञ्जली !

मनु सुनार, गुल्मी २०७६ जेठ २७ । गुल्मीमा जन्मीएका स्वर्गीय कवि भेष बहादुर कुवँर प्रयासीको सम्झनामा शनिबार काव्यात्मक शब्दश्रद्धाञ्जली गरिएको छ । शनिबार ९ आँै दिनको पून्य तिथिको अवशर पारेर दिवंगत कवि कुवँरको निवाश रेसुङ्गा नगरपालिका–२ धाँगीथुममा रेडियो रेसुङ्गाको समयोजनमा कायाव्यात्मक शब्दश्रद्धाञ्जली प्रकट गरिएको हो । समग्र गुल्मेली साहित्यक आकाशलाई उजागर गर्न सफल स्वर्गीय कवि कुवँरका रेकर्ड गरिएका कविताहरु सुन्दा कत्तै हामीबिच लुकेर वाचन गरीरहेका त छैनन् भन्ने धेरैलाई लाग्यो ।

शब्दश्रद्धाञ्जली प्रकट गर्दै गर्दा कवि कुवँरका ध्वनिमा तरङगित गरिएका कविताहरुले धेरैलाई भावविह्वल त बनायौँ नै , कवि लुकेरै आएर कविता,गीत गुनगुनाएका पो हुन भन्ने आवाश समेत दिलायो ।
तर अब यस्तो समुधुर स्वरमा कविता लिएर आउन्नौँ कवि जी भन्दै कविता मार्फत कवि लक्ष्मण रिजालले कविता वाचन गर्दा धेरैका आखाँ रसाए । उनले गला अवरुद्ध पादै कविता मार्फत भने । ‘आउन्नौँ कविजी लिएर कविता संगितको धुनमा च्यापी डायरी कोख सुस्त चल्दै सम्झन्छु त्यै रुपमा सपना अथवा भयो विपना अन्यौलमा यो घडि त्यो आत्मा परमात्मामा मिलिदियोस हार्दिक श्रद्धान्ञ्जली’ विभिन्न साहित्यकार,राजनितिज्ञ,एवं बौद्धिक व्यक्तित्वहरुले कवि कुवँरको सम्झनामा उनका रचना तथा शब्द मार्फत श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका बालशखा तथा बौद्धिक व्यक्तित्व फर्सुराम पन्थीले भावयुक्त तरिकाले भने ‘मिठो स्वर थियो । मृदुभाषि थिए ।’ उनले लेखेका कृतिलाई पुस्तौपुस्तासम्म पुरर्याउनुपर्ने बताए । शब्दश्रद्धाञ्जलीमा कवि कुवँरका रचना वाचन गरी सम्झीदै गर्दा धेरैका आखाँ रसाए । उनकोे स्मृतिमा बोल्दै गर्दा कत्तिका गला अवरुद्ध समेत हुन पुगे । सहित्यकार तथा कवि कुवँरका बालशखा दिन पन्थीले सँगैको एउटा सहयोग्द्धा गुमाउनु पर्दा शुन्यताको महशुस भएको बताए । जीवन र दर्शनको सुन्दरता भर्दै भाव र कलाको सन्तुलीत समन्व्य चेतनाको अभिव्यक्ति मार्फत नेपाली माटोको सुवास कवि कुवँरका कृतिहरुमा पाइन्छ । बिम्ब र प्रतिकको मिठो समयोजनबाट उनका कृतिहरु भरिएका छन । कवि कुवँरको सम्झनामा उनले लेखेका कविता मार्फत उनलाई स्मरण गरियोे । कवि कुवँरको निधनले सिङ्गो गुल्मेली सहित्यक क्षेत्रलाई धक्का पुगेको भन्दै रेसुङ्गा बहुमुखी क्याम्पसका उप–प्रध्यापक पदम प्रसाद पाण्डेयले पनि कवि कुवँरकै रचना मार्फत सम्झिँए । ‘हे धरणी मलाई माया सारै गछौ हकी आफू भन्दा अरु राम्रो मान्ने बानी होकी निस्वास्र्थी छु भने पनि सबै स्वार्थी हकी गुण राम्रो अवगुणलाई घिन लागेर होकी’ (कवि कुवँरद्धारा रचित ‘भान’ शिर्षकको कविताबाट । यो कविता किरण पुस्तकालयद्धारा प्रकाशित हाम्रो पुरुषार्थको भाषिक समगोष्ठी बिशेष अङ्कमा प्रकाशित कविता हो ।)

शब्दश्रद्धाञ्जली व्यक्त गर्ने धेरैले स्वर्गीय कवि कुवँरका रचना नै वाचन गरे । कवि कुवँरले देखाएको बाटोलाई पक्ष्याउनुपर्ने भन्दै उनका कृतिहरुलाई सबैसँग पु¥र्यानुपर्ने किरण पुस्तकालयका उपाध्यक्ष तथा साहित्यकार शशि पन्थीले बताए । कवि कुवँरसँग झण्डै ४५ वर्ष सहयात्रा गरेका पन्थीले उनको जानकारी दिँदै कवि कुवँरको रचना वाचन गदै स्मरण गरे । ‘सिर्जनाको भारी बोकेर या दुःखको कुम्लो बोकेर छोड्दै माइती पराई बनाई गइन तिनि दुलही बनेर’ (कवि कुवँरद्धारा रचित ‘गइन तिनि दुलही बनेर’ शिर्षको कविताबाट ।

यो कविता किरण पुस्तकालय तम्घासद्धारा २०३० सालमा प्रकाशित हाम्रो पुरुषार्थको पहिलो अङ्कमा प्रकाशित कविता हो ।) बि.स.२००५ भाद्र १९ गते तत्कालिन तम्घासको धाँगीथुम तथा हालको रेसुङ्गा नगरपालिका –२ मा जन्मीएका कवि कुवँरको ७१ वर्षको उमेरमा जेठ १७ गते निधन भएको हो । उनका ४ वटा कविता संग्रहसँगै विभिन्न पत्रपत्रिकाहरुमा कविताहरु प्रकाशित छन् । ‘बादल’,‘घुम्तिहरुको आवाश’,‘मेरा केही अनुभुतिहरु’र ‘बाइस तरङ्ग’ उनका कविता संङग्रहरु हुन् । केही प्रकाशित हुने तयारीमा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *