खर्वाङमा पोषण प्रवद्र्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न !

कमल पौडेल, बागलुङ, २०७६जेठ २७ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गर्भवती महिला तथा बालबालिकाहरुको पोषण प्रवद्र्धन सम्बन्धि सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ । बडीगाड गाउँपालिका वडा नं. २ भित्रका गर्भवती तथा हजार दिन भित्रका आमाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सहजकर्ता चुरामणि कँडेलले सहजिकरण गरेका थिए ।

खर्वाङ वर्थिङ सेन्टरको समन्वयमा भएको कार्यक्रममा स्थानिय स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा बालवालिकाको लागी आवश्यक लिटो सहित खाना वनाउने, पोषण सुधारको लागी प्रयोग गर्न सकिने वस्तु लगाएतका विषयमा जानकारी गराइएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *