बडीगाड – १० मा लाग्ने ऐतिहासिक जेठ २० गंगरे मेला २०७६ सम्पन्न !

माधब खरेल, बागलुङ २०७६ जेठ २७। बागलुङ, गुल्मी र प्युठान जिल्लाको संगम स्थल गंगरेमा जेठ २० मेला आईतबार सम्पन्न भएको छ । बडीगाड गाँउपालिका वडा नम्बर १० मा रहेको युथ युनिटी क्लवले आयोजना गरेको ऐतिहासिक ‘जेठ २० गंगरे मेला २०७६’ जेठ २० मेलाका विविध कार्यक्रम सम्पन्न भएका छन ।

जेठ २० मेलामा कार्यक्रममा युथ युनिटी क्लबका अध्यक्ष बालिसोर बुढाको अध्यक्षता बडिगाड गाउपालिका वडा न १० का वडा अध्यक्ष वीरेन्द्र बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवी पुठासिंह बुढा, उमा गुरुङ, प्रत्रकार माधब खरेल, सतिराम थापा, हितलाल बि क, टेकबहादुर छन्त्याल, लाल बहादुर बुढा, मालिका , कोपिला थापा लगायतको पनि आथ्यता रहेको थियो । कार्यक्रम क्लबका सह सचीव ज्ञानमाया घर्तीको स्बागत मन्तब रहेको कार्यक्रममा बक्ताहरुले गगरे एउटा रमणीय क्षेत्र भएकोले यसको बिकास गर्न सके स्थानीय तथा बाह्य पर्यटकहरु भित्राउदै गगरेको बिकास गर्ने सकिने बताएका थिए । स्थानीय समाजसेवी एवं क्लबका सल्लाहाकार पुठासिंह बुढाका अनुसार प्रत्यक बर्ष जेठ २० गते घना जङ्गलको बिचमा पाईने गजिङ नामको निगालो (चोया) त्यसको टुसा मानिसले खाने भएकोले र त्यो टुसा काट्न लागि त्यहा गुल्मी बागलुङ र प्युठानका धेरै युवा युवती आउने र उनिहरुले ल्याएको खानेकुरा खाने अनि तरुनी तन्नेरी मिलेर दोहोरी गीत गाउदै रमाईलो गरिन्थ्यो भनेर बुढापाकाहरुले भन्ने गरेको श्रुतिस्मृति रहेको छ ।

गंगरेबाट धेरै टाढा अग्ला डाडाकाडा हिमश्रृङ्खला पर्यटकीय गाउँहरुको अबलोकन गर्न पाइने भएकोले पनि जेठ २० मेलाको महत्व बढेको छ। पहिले पुष्पान्जलि युवा क्लबले मेला लगाएको थियो बिगत २०७० साल देखि युथ युनिटी क्लवलले यो कार्यक्रमको आयोजना गर्दै आएको छ। गगंरे जेठ २० मेलामा पुरुष भलिबलको फाइनल खेलमा सनराइज युबा कल्ब जुग्जाखोला प्रथम र युथ युनिटी कल्ब आयोजक दितिय भएका छन पुरुष भलिबलमा प्रथमले ५५००० नगद मेड्ल र प्रमाणपत्र प्राप्त गरेका छन भने दितियले ३५०००नगद मेड्ल र प्रमाणपत्र प्राप्त गरेका छन भने खुल्ला महिला भलिबल तर्फ उत्तरगगाँ माबी प्रथम भएको छ भने बेसिबन जागरण फेरेन्स युबा क्लब अर्खा प्युठान दितिय भयको छ महिला भलिबल खेल तर्फ प्रथम हुने टिमले २००००नगद मेड्ल र प्रमाणपत्र प्राप्त गरेको छ भने दितियले १५००० नगद मेड्ल र प्रमाणपत्र प्राप्त गरेको छ भने कार्यक्रममा स्थानीय नृत्य र स्थानीय कलाकारको साँगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमको सन्चालन कल्ब सचीव मोहन बुढा मगरले गरेका थिए ।

कार्यक्रममा गुल्मी बागलुङ प्युठानका हजारौं मानिसले कार्यक्रमको अबलोकन गरेका छन् । कार्यक्रममा गुल्मी बागलुङ र प्युठानका गरि करिब १५००० जना मानिसले कार्यक्रमको अबलोकन गरेको आयोजकले जनाएको छ जेठ २० गगंरे मेलामा स्थानिय पिङ शिब मन्दिर विशेष आकर्षक बनेका थिए भने कार्यक्रमको प्रचार प्रचार गरेको र कार्यक्रम सफल पार्न लागि सहयोग गरेको भन्दै प्रत्रकार माधब खरेल र कपिल रेग्मीलाई सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.