राष्ट्रिय जनमोर्चाको चुनावी गतिविधि तीव्र : नपा/गापामा निर्वाचन परिचालन समिति गठन !

बुर्तिवाङ २०७३ चैत १७ । राष्ट्रिय जनमोर्चाले जिल्लाको पश्चिम क्षेत्रका विभिन्न स्थानमा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन थालेको छ ।

यसैबीच ढोरपाटन नगरपालिकको वडानं. १ मा सहविन अर्गेजाको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । वडा नं. १ का अगुवा कार्यकर्ता भेलाले उक्त समिति गठन गरेको छ । समिति भित्रका अरु सदस्यहरुलाई विभिन्न टोलटोलमा सदस्यता वितरण, कमिटि गठन तथा आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मतदान गर्न आम जनतालाई आह्वान गर्ने कार्यक्रम समेत तय गरेको बताइएको छ ।

यस्तै ढोरपाटन नगरपालिकाकै वडा नं. २ मा तमबहादुर घर्तीको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । जस्को उप संयोजकमा प्रेम चालिसे सहित अरु सदस्यहरु रहेका छन् ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डेको विषेश उपस्थितिमा भएको भेलामा वडाका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समितिले विभिन्न जिम्मेवारी लिएर आफ्नो गाउँ गाउँमा परिचालन हुने निर्णय गरेका छन् ।

यसैबीच राष्ट्रिय जनमोर्चा बडीगाड गाउँपालिका वडा न. ९ दर्लिङको वडा भेला सम्पन्न भएको छ । भेलाले रामप्रसाद भट्टराईको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको उपसंयोजकमा लालबहादुर छन्त्याल र सचिवमा विर बहादुर विश्वकर्मा रहेका छन् ।

भेलाले आगामी वैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रम गर्ने, सदस्यता वितरण तथा वडा स्तरबाट तत्काल वडा प्रतिनिधिहरुको टुँगो लगाउने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *