कृषी उपजको बजारीकरणमा सहयोग गर्न कृषकको माग !

पर्वत, २०७६ जेठ २७ । किसानले उत्पादन गर्ने वस्तुहरुको सहज बजार नभएका कारण उपभोक्ताहरुले बाहिरबाट आउने वस्तु खरिद गरेर उपभोग गर्नु पर्ने वाध्यता भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा न.ं ३ मल्लाजस्थित नव सिर्जनशिल कृषि सहकारी संस्था लिमिटेडले शनिवार आयोजना गरेको एक दिने सहकारी शिक्षा कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

किसानले धेरै मेहेनत र लगानी गरेर अन्न, फलफूल, तरकारी लगायतका वस्तु उत्पादन गर्छन्, तर बजारीकरणको अभावमा उचित मूल्य नपाउदा थप उत्पादनमा लाग्ने वातावरण नभएको कृषकहरुको गुनासो छ ।

कृषकहरुले उत्पादन गरेको वस्तु संकलन र बजारीकरणमा सहकारी संघ संस्था र स्थानीय तहले व्यवस्थापन गर्न सकेमा आयात घट्ने र जनताको श्रम र पूँजिको प्रतिफल बढी आउने उनीहरुकोभ भनाइ छ ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले कृषि सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादनमा सहयोग गर्ने तथा उत्पादित वस्तुको संकलन र बजारीकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिन आग्रह गरे ।

स्थानीय स्तरमा रहेका स्रोतहरुको पहिचान, परिचालनमा स्थानीय सरकारले जोड दिने, सहकारीहरुले संकलन र बजारीकरणमा सहयोग गर्ने हो भने कृषकहरुले बढी उत्पादन गर्ने अवस्था सिर्जना हुने भन्दै जिसीले उत्पादनका लागि कृषकहरुलाई सीप, प्रविधि र पूँजिको व्यवस्थापन गर्न सहकारीहरुको भूमिका बढाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ शाखाका प्रमुख मनोज श्रेष्ठ, जलजला गाउँपालिका वडा नं. ३ का वडा सदस्य चन्द्रबहादुर खत्री, लेखा समितिका संयोजक प्रेमबहादुर जिसी लगायतले सहकारीमार्फत आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु पर्ने बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष बालकुमारी कार्कीको स्वागत र सचिव मीनबहादुर बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, महत्व, सहकारीमा बचतको महत्व लगायत कृषि सहकारीका लागि आवश्यक कानुनी संरचना लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संस्थाको अवस्था, संस्थाको रणनीतिक योजना लगायतका विषयमा प्रवन्धक टिकाबहादुर जिसीले जानकारी गराएका थिए ।

शेयर सदस्यहरुका लागि मल बिउ विक्री वितरण लगायत वचत तथा ऋणको कारोबार गर्दै आइरहेको नव सिर्जनशिल सहकारी संस्थामा ३ सय १५ जना शेयर सदस्य, १ करोड ७२ लाख शेयर पूँजि, ९५ लाख वचत र ३ करोड कर्जा लगानी रहेको प्रवन्धक टिकाबहादुर जिसीले जानकारी दिए । संस्थाले आगामी आर्थिक वर्षदेखि कृषि उपजको संकलन तथा बजारीकरण लगायतका काम गर्ने गरी योजना निर्माण गरेको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *