ग्रामविकास आधारभुत विद्यालय बिहुँको ६२औ बार्षिकउत्सव समारोह सम्पन्न !

भरत सापकोटा बागलु २०७६ जेठ २७ । काठेखोला गाउँपालिका वडा ५ बिहुँ स्थित ग्रामविकास आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउंपालिका अध्यक्ष अमर थापाले शिक्षक विद्यार्थी र अभिभावक तिन पक्ष एउटै ओदान का ३ खुट्टा हुन यस्मा एक खुट्टाले काम नगर्ने हो भने पकाउन बसालेको भात अगेनीमा नै पोखिने बताउदै शिक्षालाई गुणस्तरिय बनाउन सबै को महत्वपुर्ण र उत्तिकै जिम्वेवारी रहेकाले सबैले सामुदायिक बिद्यालय प्रति जिम्मेवारी हुन र आफ्नो जिंम्बेवारी निभाउन आग्रह गरे ।

उनले भने सामुदायिक बिद्यालय र सरकारको लगानी भएको बिद्यालय प्रति अभिभावक र बिद्यार्थीहरु कै बुझाई गलत रहेकाले पनि सामुदायिक बिद्यालय गुणस्तर बृद्धि गर्न नसकिएको बताउदै गुणस्तर बृद्धि गर्न अभिभावकहरु पनि सचेत बन्नु पर्ने बेला आएको बताए।

काठेखोला गाउँपालिका भित्र ५६ बिद्यालहरुकै शैक्षिक गुणस्तर बृद्धि गर्ने गुरु योजना सुरु गरिएको र यस बर्ष शिक्षा क्षेत्र मा १५करोड बराबर को लगानि गर्ने तयारी गरिएको बताउदै अब धेरै जसो सामुदायिक बिद्यालय हरु दरबन्दिको आवश्यकता रहेकाले केहि दिन मा ती बिद्यालयहरु शिक्षक ब्यबस्थापन गर्ने बताउदै गाउँपालिकाले जिर्ण भौतिक अवस्था कमजोर रहेका बिद्यालयहरुको समेत सुदृढ गर्ने बताए। उनले यस ग्रामविकाश बिद्यालय भौतिक अवस्था पनि निक्कै दयनीय रहेकाले तत्कालै देखिने गरि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

त्यस्तै कार्यक्रममा वडा ५ का अध्यक्ष शिव प्रसाद कडेंलले यस क्षेत्रका अभिभाबकहरुले बिद्यालयलाई जग्गा उपलब्ध गराए केहि महिनामै बिद्यालयको भौतिक संरचना निर्माण गर्न लागि पर्ने बताउदै बिद्यालयमा बर्तमान अवस्थामा भोग्न परेको समस्या बारे जान्दा जान्दा पनि केहि गर्न सक्ने अवस्था नभएको बताए ।

सो बार्षिकउत्सव समरोहमा बार्षिक तथा प्रगति प्रतिबेदन सार्बजनिक गर्दै बिद्यालयका प्रधानाध्यापक विश्वपति शर्माले कुल आम्दानि रु ३३लाख२९हजार ३८५र८५पैसा रेहेको र कुल खर्च रु ३३लाख २९हजार ३८५र८५नै रहेको बताउदै कठिन र बेतिथि ले नै बिद्यालय संचालन गर्न बाध्य रहेको बताए ।१६०जना बिद्यार्थि भएको यस बिद्यालय को भौतिक साथै आधारभुत तह कुनै पनि दरबन्दि नभएको गुनासो संमेत राखेका थिए। सो बिद्यालय मा स्थापना ओम बाब अक्षय कोष,नहरि स्ंमृति अक्षय कोष ,लालकुमारी प्रतिष्ठान अक्षय कोष ,निषा स्मृति अक्षय बाट बिद्यालय उत्कृष्ट साथै दलित जेहनदार छात्र छात्रा हरु पुस्कार साथै नगद हस्तान्तरण गरिएको थियो। सो कार्यक्रममा यसै विद्यालय का सल्लाहाकार एवं अमर मा बि का नि प्र रधुपति शर्मा, ग्यामनाथ कडेंल,पुर्व प्रधानाध्यपक ग्यानकुमारी श्रीश शर्मा लगाएतले बोलेका थिए। शिक्षिका राधा शर्माले स्वागत गर्नु भएको कार्यक्रमा को संचालन शिक्षिका तुलसी देवी सुवेदी शर्मा संचालन र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छबिलाल कडेंल को अध्यक्षता मा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *