देविस्थान माविको ६० औँ बार्षिक उत्सब एवम अभिभाबक दिवश सम्पन्न !

निसीखोला २०७६ जेठ २६ । निसीखोला गाउँपालिका १ देविस्थानमा रहेको देविस्थान माध्यमिक विद्यालयले ६० औँ बार्षिक उत्सब एवम अभिभाबक दिवश विविध कार्यक्रमका साथ शनिबार सम्पन्न गरेको छ । एक हप्ते विद्यालय तहको कार्यक्रम सहित शनिबार औपचारी कार्यक्रमका साथ विद्यालयको बार्षिक उत्सब सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रमुखअतिथीको रुपमा बोल्दै निसीखोला गाउँपालिकालाई थप अगाडी बढाउन शिक्षाक्षेत्रको बृहत विकासमा लागिएको बताउँदै आउँदो बजेट भाषणमा शिक्षाक्षेत्रका निम्ती महत्वपुर्ण कार्यक्रम लिने तयारीमा रहेको बताए ।

सामुदायिक विद्यालयको गुणस्तर विकास गर्न गतबर्ष देखि गाउँपालिकाले शिक्षक व्यवस्थापन, भौतिक सँरचना निर्माण लगाएतका क्षेत्रमा अगाडी बढिसकेको बताउँदै आगामि दिनमा शैक्षिण गुणस्तरलाई प्राथमिकता दिएर सिकाइ उपलब्धीमा अगाडी बढिने बताउँदै समाज रुपान्तरणको सम्बाहक शिक्षा अति आवस्यक रहेका कारण पनी निसीखोला गाउँपालिकालाई समृद्ध बनाउन शिक्षा क्षेत्रमा अगाडी बढिने बताए । त्यस्तै उनले शिक्षा क्षेत्रको विकासमा गाउँपालिका सँगै विद्यालय व्यवस्थापन समिती, अभिभाबक समेतल उत्तिकै चिन्तीत हुनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनुभएका. बरिष्ठ चन्दादाता एवम समाजसेवी हर्कबहादुर गुरुङ, निसीखोला गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्की लगाएतको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं.४ का अध्यक्ष टिकानिधी पौडेल, वडा नं.५ का अध्यक्ष हर्कमान घर्ति, वडा नं.६ का अध्यक्ष सुर्यबहादुर घर्ति, पत्रकार छविलाल पाण्डे, विद्यालयलाई सहयोग गर्ने चन्दादाता, समाजसेवी, बुद्धिजिवी, व्यवस्थापन समिती पदादिकारी, शिक्षक अभिभाबक सँघ पदाधिकारी लगाएतको आतिथ्ता रहेको आयोजित कार्यक्रममा विद्यालयका प्रअ झगबहादुर क्षेत्रीद्धारा आर्थिक बर्ष २०७५÷७६ को शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा खर्च आम्दानी तफ विवरण अन्र्तगत ५७ लाख १७ हजार ३ सय ८० रुपैँया आम्दानी, ५१ लाख १५ जार १ सय ७० रुपैयाँ खर्च र चन्दा सँकलन बाट विभिन्न बैँकमा वचत ७५ लाख ३४ हजार १ सय ९४ रुपैँया र लगानी १ लाख १४ हजार १ सय रुपैँया रहेको बताइएको थियो । विद्यालयले गतबर्ष शैक्षिक तथा भौतिक क्षेत्रको विकास गर्नका निम्ती चन्दा सँकलन अभियान सुभारम्भ गरेको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीको नृत्य, पञ्चेवाजा, मा?नी नृत्य लगाएतका प्रस्तुती सँगै चन्दादाता सम्मान, कार्यक्रममा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम समेत भएको हो । आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष इन्द्रबहाुदर मल्लको अध्यक्षता रहेको कार्यक्रममा मल्लले वोल्दै देविस्थान माविलाई नमुना विद्यालय बनाउने अभियानमा आफुहरु जुटिरहेको बताउँदै विद्यालयको महान अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । शिक्षक चन्द्रसिँह रामजालीको स्वागत, शिक्षकहरु द्धय विनोद पौडेल र डोरबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.