न्यायका लागि द्वन्द्वपीडित समाजको अध्यक्षमा सुवेदी

बागलुङ, २०७६ जेठ २६ । न्यायका लागि द्वन्द्वपीडित समाज नेपालले बागलुङमा आफ्नो शाखा विस्तार गरेको छ । आज बागलुङ बजारमा जिल्लाका द्वन्द्व पीडितहरुको भेलाले हरि सुवेदीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला शाखा गठन गरेको न्यायका लागि द्वन्द्वपीडित समाज नेपालको केन्द्रिय उपाध्यक्ष बद्री बहादुर के.सीले बताए ।

शाखाको उपाध्यक्षमा विमल के.सी, सचिवमा पुष्प चापागाई, कोषध्यक्षमा शुसिला थापा रहनुभएको छ । यस्तै सदस्यमा श्याम कुमार विश्वकर्मा, प्रमिला वि.क र विना शर्मा रहेका छन् । द्वन्द्वपीडितहरुको एकता नहुँदा न्याय माग्नका लागि समस्या भएको भन्दै जिल्लाका सम्पूर्ण द्वन्द्व पीडितहरु एक हुनका लागि शाखा गठन गरेको द्वन्द्व पीडितहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *