शाह हत्याको विरोधमा नेविसंघव्दारा बागलुङ पोखरा राजमार्ग १ घण्टा चक्काजाम !

िशन क्षेत्री, पर्वत, २०७३ चैत १७ । नेविसंघका पूर्व केन्द्रिय सदस्य रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघ पर्वतले १ घण्टा सडक अवरुद्ध गरेको छ । भेरीमालिका–३ जाजरकोटका युवा नेता शाहको गत मंगलबार निर्ममतापूर्वक हत्या भएको थियो । उनको हत्याको विरोधमा नेबिसंघ केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघ पर्वतले पनि बिहिबार बिहान आठ बजेदेखि नौ बजेसम्म पोखरा–बागलुङ राजमार्गमा चक्काजाम गरेको हो ।

हत्यारालाई तत्काल पत्ता लगाएर कारवाही गर्नुपर्ने, बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चिता गर्नुपर्ने मागसहित आन्दोलन समेत गरिएको थियो ।
हत्यारा पक्राउका लागि दबाब दिन शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका नेविसंघका जिल्ला अध्यक्ष मिलन सुवेदीले बताए ।

शुक्रबार गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसका नेविसंघ ईकाई समितिले ¥याली गर्दै पार्टी कार्यालयमा उपस्थित हुने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्री र नेविसंघ शिवालयका सभापति विशन क्षेत्रीले पनि लोकतन्त्र आईसकेपछिको अवस्थामा सबैले स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्ने अधिकारको माग गर्दै तत्काल हत्यारा पक्राउ गरि सजाय दिनुपर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन नेविसंघ पर्वतका सचिव वरदान पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *