नेपाल दलित मुक्ति मोर्चाको प्रत्येक वडामा प्रचारप्रसार कमिटि गठन !

महेन्द्र केसी पर्वत २०७३ चैत १७ । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा जिल्ला शाखा पर्वतले स्थानीय तह पुर्नसंरचना अनुसार आफ्नो जिम्मेवारी बाँडफाँड गरेको छ । साविक गाउँ विकास समितिमा रहेका मुक्तिमोर्चा भंग गर्दै नयाँ कार्यसमिति चयनको लागि तयारी थालेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गाबहादुर दर्जीको आथित्यतामा सम्पन्न भेलाले पुर्नसंरचना अनुसार पर्वतका दुइ नगरपालिका र पाँच गाउँपालिकामा संयोजक चयन गरेको छ । कुश्मा नगरपालिमा मोर्चाको संयोजकमा भिमबहादुर नेपाली, सहसंयोजक गोविन्द नेपाली, दुर्गाबहादुर नेपाली रहेका छन् ।

१७ सदस्यीय कमिटि गठन गरी स्थानीय चुनावको लागि अभियान थालेको छ । फलेवास नगरपालिकामा मेघलाल विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय कमिटि चयन गरेको छ जसको सह संयोजकमा कमला विक रहेकी छिन् । त्यस्तै जलजला गाउँपालिकामा दुर्गा बहादुर दर्जीको संयोजकमा मुक्ति मोर्चाको कमिटि तयार भएको छ । जसको सह संयोजक तारा बहादुर दर्जी रहेका छन् । २९ सदस्यीय कमिटि गठन भएको छ । मोदी गाउँपालिकामा मोर्चाको संयोजकको जिम्मा कृष्ण बहादुर विकले जिम्मेवारी लिएका छन् भने सहसंयोजकमा नम्रता नेपाली रहेकी छिन् । जून कमिटि १७ जनाको गठन गरिएको छ ।
विहादी गाउँपालिकामा दलित मुक्ति मोर्चाको संयोजकमा रुपमा हिरा नेपाली, सहसंयोजकमा हुमेन्द्र हिताङ रहेका छन् । २३ सदस्यीय कमिटि विस्तार भएको छ । त्यस्तै महाशिलामा २५ सदस्यीय मोर्चाको कमिटि गठन भएको छ । जसको संयोजकमा होमबहादुर विक, सहसंयोजकमा अनासरी नेपाली रहेका छन् ।

त्यस्तै पैयूँ गाउँपालिकामा नरबहादुर विकको संयोजकत्वमा १७ सदस्यीय दलित मोर्चा गठन भएको छ । जसको सहसंयोजकमा डिलबहादुर सुनार रहेका छन् । मोर्चाका जिल्ला अध्यक्ष मेघलाल विश्वकर्माको अध्यक्षताल भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमले पार्टी दलितको पक्षमा रहेको र दलित मुक्तिको लागि माओवादीलाई विजय गराउनुपर्नेमा जोड दिए । उनले माओवादीको १० बर्षे जनुयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै काँधमा आएको भन्दै स्थानीय तहमा माओवादीलाई विजय गराउनको लागि मोर्चा अग्रसर हुनुपर्नेमा जोड दिए । दलितका हक अधिकारलाई संस्थागत गर्दै स्थानीय तहदेखि केन्द्रिय स्तरसम्म दलितका आवाजलाई समावेश गर्नको लागि पनि माओवादीलाई अग्र स्थानमा लैजानुपर्ने भन्दै उनले त्यसको लागि मोर्चाले भूमिका निभाउनुपर्ने बताए ।

दलित मोर्चाका केन्द्रिय सदस्य दर्गा बहादुर दर्जीले माओवादीले दलितका लागि खेल्दै आएको भूमिका अतुलनीय रहेको र आगामी दिनमा दलितहरुको अधिकार स्थापित गर्नको लागि पनि मोर्चा तयार हुनुपर्ने बताए । उनले माओवादी केन्द्रले थालेमो दलित मुक्तिको आन्दोलनलाई अग्रता दिने जिम्मेवारी मोर्चाको काँधमा रहेको र सोही अनुसार अगाडि बढाउनुपर्नेमा जोेड दिए ।
कार्यक्रमको संचालन मोर्चाका जिल्ला सचिव भिमबहादुर नेपालीले गरेका थिए भने स्वागत कमला विकले गरेकी थिइन् । पर्वत जिल्लामा झण्डै ३३ हजार दलित समुदायमा मतदता रहेको अुनमान गरिएको छ । चुनावलाई लक्षित गरी चयन भएको मोर्चा कमिटिले यहि चैत्र मसान्त भित्र वडास्तरीय कमिटि गठन गरी चुनाव प्रचारप्रसारमा लाग्ने जनाएको छ । मोर्चाले प्रत्येक वडामा १५१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.