प्रवास: कतार नेपाली एकता समाजको कार्यकर्ता भेटघाट तथा प्रगतिशिल साँस्कृतीक कार्यक्रम सम्पन्न !

उद्धव मगर दोहा कतार– २०७६ जेठ २५ । जुन ६ तारीखका दिन कतार नेपाली एकता समाज केन्द्रिय समितिद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रगतिशिल साँस्कृतिक कार्यक्रम दोहा स्थित एक होटेलमा सम्पन्न भएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाको अध्यक्षता र समाजका महासचिव खिम बुढा मगरको सञ्चालनमा रहेको कार्यक्रममा अतिथीहरु कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन बहादुर परियार, द्धितीय उपाध्यक्ष अमिना खान, सचिव विष्णु थापा, कोषाध्यक्ष रामइन्दल थिंङ्ग , के.स.जानुका बस्नेत (खडका) रक्तिम अभियान दोहा कतारका अध्यक्ष बलदेव राना, हाँक साप्ताहिक पत्रकार उद्धव मगर, त्यसैगरी सनैया ए एरिया समिकिा इश्वरी थापा, सहलिया एरिया समितिका सचिव हरी थापा, सनैया डी एरिया समितिका –कोषाध्यक्ष हेम बहादुर थापा, साहानिया एरिया समितिका अध्यक्ष प्रिजल राई, दोहा एरिया समितिका अध्यक्ष गिरी काउछा मगर, सलता एरिया समितिका सल्लाहाकार मिनराज पुन मगर, महिला सदस्य रोजीना बास्तोला, उपस्थित रहेको कार्यक्रममा गरी खानेवर्गहरुको आफ्नो हक र अधीकारको लागी निरन्तर लड्दै आफ्नो ज्यानको बाजी राखेर आहु्ती दिने शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कार्यक्रम अगाडी बढेको थियो ।

यस कार्यक्रमलाई भव्य र शव्यरुपमा सफल पार्न आएका सम्पूर्ण सहभागी अतिथी लगाएत दर्शकलाई आफ्नो मन्तव्यबाट केन्द्रिय समितिका जुझारु सदस्य हुमाकान्त आचार्यले स्वागत गरेका थिए भने लगत्तै पै्रगतिशिल रक्तिम साँस्कृतिक अभियानबाट पनि गीत मार्फत स्वागत गरिएको थियो ।

शुभकामना दिने क्रममा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष धन परियारले वोल्दै जब जब यस भूमि कतार र हाम्रो देश नेपालमा जटिल समस्या आउछ तब तब कतार नेपाली एकता समाजले जोडदार खबरदारी गर्ने गरेको वताए । अर्का वक्ता व्दितीय उपाध्यक्ष अमिना खानले पनि कतार नेपाली एकता समाजमा निरन्तर लागी रहेका छौं कारण यस सस्थाले जहीले पनी मजदूर वर्गको विषयमा आवाज उठाउने र महीला प्रतिगर्ने व्यवहार महीलालाई सम्मान अधिकार र हेर्ने दुष्टिकोणको कारणले नै आज कुनै पनि संघ संगठनमा यदी यही संगठनका महीला त्यहाँ प्रतिनिधित्व छ भने त्यस संगठनले कतार नेपाली एकता समाजको महीलालाई हेर्ने दुष्ट्रिकोण नै बदलिएको पाएको बताईन् । उनले यो संस्थाका कुनै पनि प्रतिनीधि प्रति अन्य संस्थाले हेर्ने दुष्ट्रिकोण अलग भएको बताउदै सर्वप्रथम त यस संस्थामा आफु अगाडी लागेर बढ्दै जादा यो देन कतार नेपाली एकता समाजको भएको खुलासा गरिन् ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष हेमन्त वाईवाले आफ्ना भनाई राख्दै कतारमा अहीले विभिन्न खालका घट्नाहरु र विकुतिहरु बढीदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले यस्ता घट्नाहरु वास्तवमा चेतनाको कमीले भएको उहाँले स्पष्ट पार्दै जीवजन्तुको अंग या मानिसको अंग तत्काल प्रत्यारोपन गर्न सकिन्छ तर चेतनाको विकास र प्रत्यारोपन तत्काल गर्न नसक्ने भएकोले यस्ता घट्नाहरु निरन्तर घट्न सक्ने सम्भावना रहेकोले यस्ता घट्नालाई न्यूनिकरण गर्नको लागी धेरै भन्दा धेरै हाम्रो संगठन कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द गर्न सकेमात्रै यो समास्या समाधान कमीहुने वताउदै यस कार्यक्रम सौहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गरे ।
न्तमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.