ब्राइट लोटस एकेडेमी हिलमा शुक्रबारीय अतिरिक्त कार्यक्रम सम्पन्न !

सविता खत्री, ताराखोला हिल, २०७६ जेठ २५ । ब्राइट लोटस एकेडेमी स्कुल हिलमा शुक्रबार गरिने विद्यार्थीहरुको अतिरिक्र कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुको बौद्धिक क्षमतालाई बिकास गर्न उद्देश्यले ब्राइट लोट्समा शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा ६ टिमको सहभागीता रहेको थियो । जसमा रातो सदन बि प्रथम सेतो सदन बि व्दितिय र रातो सदन कै ए प्रथम भएको छ ।

कार्यक्रम प्रिन्सिपल मिलन चोखाल र शिक्षिका सबिता खत्री जिज्ञासुको संचालनमा सम्पन्न भएको थियो । केही दिन देखि सबै बिद्यार्थीहरुलाई दिवा खाजाको ब्यबस्था पनि स्कुलमै गरिएको छ ।

स्कूलमा नृत्य र कराते पनि संचालन भएको हुदा नृत्य र कराते सिक्न इच्छूक ब्यक्तिहरुको लागि फारम खुल्ला रहेको प्रिन्सिपल चोखालको आग्रह रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *