गुल्मीको धार्मिक एवं ऐतिहासिक रेसुंगा क्षेत्रको सरसफाई : सिसा प्रदुषण मुक्त बनाउने अभियान !

मनु सुनार, गुल्मी २०७६ जेठ २५ । गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गा क्षेत्रको सरसफाई गरिएको छ । होटल व्यवसायी मञ्च गुल्मी र रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

सरसफाईक क्रममा गरिएको औपचारिक कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगर–प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख भुसालले होटल व्यवसायी मञ्चले रेसुङ्गा क्षेत्रको सरसफाई गरेर उदाहरणीय कार्य गरेको बताए ।

भुसालले ऐतिहासिक क्षेत्र रेसुङ्गा गुल्मीकै गौरवको स्थल भएकाले यसको संरक्षणका लागि सरोकारवाला निकाय तथा सबै नागरीकमा उत्साह जाग्नुपर्ने उनको भनाई थियो ।

ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गाको विकास र संरक्षण भए समग्र जिल्लाको पहिचान र समृद्धि हुने बताउदै नगरप्रमुख भुसालले यो ऐतिहासिकतालाई जोगाई राख्नका लागि नगरको तर्फबाट हुन सक्ने सहयोग गनै आफु सधैँ तयार रहेको बताए ।

यस्तै होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले जिल्लाको ऐतिहासिकता बोकेको क्षेत्रको संरक्षणका लागि आफुहरु पनि जिम्मेवार रहेको बताउदे त्यही जिम्मेवारीलाई आत्मसाथ गदै सरसफाई कार्यका लागि नगरपालिकाले सहयोग पुयाएकोमा धन्यावद समेत ज्ञापन गरेका थिए ।

‘हामी रेसुङ्गा नगरपालिकालाई सिसा प्रदुषण मुक्त बनाउने अभियानमा छौँ, त्यही अभियानको यो दोश्रो चरणको कार्यक्रम हो । सुन्दर नगर बनाउनका लागि यस अभियानले महत्वपुर्ण भुमिका निभाउने अध्यक्ष कंडेलले विश्वास व्यक्त गरे ।

सरसफाईका क्रममा फेला पारिएका सिसाहरुलाई सङ्कलन् गरिएको छ । यसरी सङकलन गरिएका सिसाहरुको पुनःप्रयोगका लागि कम्पनी समक्ष पुयाउने कंडेलले बताए । नगरपालिकालाई सिसा प्रदुषण मुक्त बनाउन पहिलो चरणमा तम्घास बजार क्षेत्रबाट सिसा सङकलन् तथा व्यवस्थापनको कार्य गरिएको थियो ।

दोश्रो चरणको कार्यक्रम अन्र्तगत शुक्रबार रेसुङ्गा क्षेत्रको महापोखरी, नुनमारे तथा गर्जुेरा क्षेत्रमा सरसफाई गरिएको छ । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष कंडेलको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत भक्तिराम मरासीनी, रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जङ्ग बहादुर कुवँर लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन होटल व्यवसायी मञ्च गुल्मीका सचिव लालमणि आर्चायले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *