पाला स्थित स्वास्थ्य चौकी भवनको उद्घाटन : स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अध्यक्ष थापाको आग्रह !

भरत सापकोटा, बिहुँ (बागलुङ) २०७६ जेठ २५ । काठेखोला गाउपालिका १ पाला स्थीत पाला स्वास्थ्य चौकीको भवन निर्माण सम्झौता अगावै सम्पन्न भएको छ । बागलुङमा विभिन्न सरकारी कार्यलय पटक पटक म्याथ थप गर्दा पनी सम्पन्न हुन नसकेको अवस्थामा पाला स्वास्थ्य चौकीको भवन भने सम्भौताको ३ महिना ८ दिन अगावै सम्पन्न भएको हो ।

शहरी विकास तथा भवन निर्माण कार्यलय बागलुङ संग २०७४ कार्तिक २६ गते गाल्वा जयलक्ष्मी निर्माण सेवाले १ करोड ६६ लाख ७२ हजार ३सय ३४ रुप्रैया २०७५ साल माघ १७ गतेनै सम्झौताको ९८ दिन अगावै हस्तान्त्रण गरिएको हो । निर्माण कम्पनीले सम्झौता मिति अगावै व्यवस्थापन समितिलाई भवन स्वामित्व दिएको थियो । १२ कोठा क्षमताको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा÷छुट्टै व्यवस्था गरिएको छ । संघीय सरकारको लगानीमा निर्माण भएको भवन तथा वर्थिङसेन्टरको शुक्रवार उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा वोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अम्मर थापाले भवन संगै स्वास्थ्य सेवा प्रभावकारी वनाउन सके स्थानियलाई सहज हुने वताए । सुविधा सम्पन भवन वनेकोले सेवालाई प्रभावकारी वनाउन आवश्यक रहेको उनको भनाई थियो ।

वडा अध्यक्ष तथा स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा सहरी विकास तथा भवन कार्यलय बागलुङका प्रमुख ईन्जिनियर तेजेन्द्र शर्मा पौडेल गाउपालिकाका प्रमुख प्रशासकी अधिकृत खिम वहादुर विक, नेकपाका गाउपालिका सचिव कृष्ण वहादुर थापा, पुर्व व्यवस्थपन समितिका अध्यक्ष रिता राना , निर्माण व्यवसायी जयन्द्र प्रसाद श्रेष्ठ ,तितौरे माविका प्रअ महेन्द्र शर्मा , जग्गा व्यवस्थापन समितिका संयोजक फणिन्द्र प्रसाद गौतम लगाएतले वोलेका थिए ।

स्वस्थ्यचौकी प्रमुख लोक वहादुर थापा मगरले स्वगत गरेको कार्यक्रमको संचालन गणेश नेपालीले गरेका थिए । सो अवसरमा पूर्व व्यवस्थापन समितिका अध्यक्ष , पूर्व कर्मचारी ,स्वयम् सेविका स्वास्थ चौकीको भवन वन्नु पूर्व भवन सहयोग गर्ने व्यक्तिmहलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *